• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सार्वजनिक यातायातमा विद्यार्थीमाथिको ज्यादतीविरुद्ध त्रिदेव स्ववियुको खुला पत्र


  •    संवाददाता/ शुक्रबार, चैत २७, २०८२  

  • आदरणीय यातायात व्यवसायी,
    ‎
    ‎सार्वजनिक यातायात सेवा नागरिकको मौलिक अधिकार र दैनिक जीवनको आधारस्तम्भ हो । तर, विडम्बनाको कुरा, पूर्वको शैक्षिक केन्द्र मानिने झापाका विभिन्न मार्गहरूमा चल्ने सवारी साधनहरूमा विद्यार्थीहरूले राज्यले प्रदान गरेको ४५ प्रतिशत भाडा छुटको सुविधा उपभोग गर्न पाउनु त परको कुरा, सामान्य मानवीय व्यवहार समेत नपाउनु अत्यन्तै लज्जास्पद विषय बनेको छ । नेपाल सरकारले नीतिगत रूपमै व्यवस्था गरेको यो अधिकार प्राप्तिका लागि विद्यार्थीहरूले दिनहुँ सवारी चालक र सहचालकसँग अपमानजनक बहस गर्नुपर्ने र कतिपय अवस्थामा त गाडीमा चढ्नै नदिने जस्ता तुच्छ व्यवहार सहनु परिरहेको छ । हामीले यसअघि पटक-पटक पत्राचार र ध्यानाकर्षण गरायौं, तर यातायात व्यवसायीहरूको रवैयामा केही दिन सुधार आए जस्तो हुने र पुन: पुरानै प्रवृत्ति दोहोरिने क्रम जारी छ। यो ‘टालटुले’ समाधानले अब पुग्दैन, विद्यार्थीहरूको धैर्यको बाँध अब टुटिसकेको छ ।
    ‎
    ‎विशेष गरी त्रिदेव बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू जो काँकरभिट्टा र धुलाबारीबाट चारआलीसम्म तथा सुरुङ्गा र बिर्तामोडबाट चारआलीसम्म दैनिक आउजाउ गर्छन्, उनीहरूले भोगेका पीडा सुन्दा जोसुकैको मन रुन्छ । हाल स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षा चलिरहेको संवेदनशील समयमा समेत विद्यार्थी देख्नेबित्तिकै गाडीमा चढाउनै नखोज्ने, रोक्दै नरोकी हुइँक्याउने र यदि झुक्किएर चढिहाले पनि भाडा छुटको कुरा गर्दा “चढ्ने भए पूरा पैसा तिर नत्र अहिले नै ओर्ली” भन्दै अभद्र व्यवहार गर्ने जस्ता अमानवीय र गैरकानुनी हर्कतहरू भइरहेका छन् । क्याम्पसको आफ्नै यातायात साधन नभएको बाध्यतालाई व्यवसायीहरूले कमजोरी सम्झिएर जुन प्रकारको ज्यादती गरिरहेका छन्, त्यो अब कुनै पनि हालतमा स्वीकार्य छैन। विद्यार्थीहरूले आफ्नो अधिकार माग्दा अपराधी जस्तो व्यवहार सहनुपर्ने यो कस्तो विडम्बना हो? के राज्यको नियम पालना गर्नु व्यवसायीहरूको कर्तव्य होइन ?
    ‎
    ‎यस खुलापत्रमार्फत हामी सम्पूर्ण यातायात व्यवसायी र सम्बन्धित समितिहरूलाई कडा चेतावनी दिन चाहन्छौं कि भोलिका दिनदेखि कुनै पनि विद्यार्थीले यातायातमा अपमानित हुनुपर्ने वा भाडा छुट नपाउने गुनासो लिएर स्ववियुको ढोकामा आएमा त्यसको परिणाम निकै गम्भीर हुनेछ । विद्यार्थीहरूको यो मौनता अब चाँडै नै ज्वालामुखी बनेर फुट्ने तयारीमा छ । यदि हाम्रा मागहरूलाई बेवास्ता गरिएमा र भोलिदेखि नै व्यवहारमा परिवर्तन नदेखिएमा विद्यार्थीहरूको विद्रोह सडकमा पोखिनेछ, जसबाट उत्पन्न हुने कुनै पनि क्षति वा अप्रिय स्थितिको पूर्ण जिम्मेवार यातायात व्यवसायी र प्रशासन स्वयम् हुनुपर्नेछ । हामी नेपाल सरकार र स्थानीय प्रशासनलाई पनि यस्ता अराजक गतिविधिमा संलग्न सवारी साधनहरूलाई तत्काल कानुनी कठघरामा उभ्याउन र विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गर्दछौं ।
    ‎
    ‎यस विषम परिस्थितिमा हामी केवल स्ववियु मात्र होइन, सम्पूर्ण विद्यार्थी जगतको न्यायका लागि झापाका सक्रिय सामाजिक संघ-संस्थाहरू, विद्यार्थी अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संगठनहरू, नागरिक समाज र स्वयं सचेत विद्यार्थीहरूलाई पनि यस अभियानमा ऐक्यबद्धता जनाउन र सहकार्य गर्न हार्दिक आह्वान गर्दछौं । यो केवल भाडा छुटको कुरा मात्र होइन, यो विद्यार्थीको आत्मसम्मान र कानुनी अधिकारको लडाइँ हो । जबसम्म हामी एकताबद्ध भएर यस्ता बेथितिविरुद्ध उभिँदैनौँ, तबसम्म यस्ता ज्यादतीहरू रोकिने छैनन् । त्यसैले, सबै पक्षलाई विद्यार्थी हकहितका लागि एकै ठाउँमा उभिन र यो अन्यायविरुद्ध आवाज बुलन्द गर्न हामी अपिल गर्दछौं । विद्यार्थी शक्ति जब जाग्छ, तब ठूला-ठूला सत्ता र शक्तिहरू ढल्छन् भन्ने कुरा नबिर्सन हामी व्यवसायीहरूलाई सचेत गराउन चाहन्छौं । हामी कसैको दान-दक्षिणा मागिरहेका छैनौं, केवल राज्यले दिएको अधिकार र सम्मानजनक व्यवहारको माग गरिरहेका छौं । हाम्रा मागहरूलाई कमजोरी नठानियोस्, यो नै हाम्रो अन्तिम चेतावनी र विनम्र आग्रह पनि हो ।
    ‎
    अध्यक्ष
    ‎ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)
    ‎त्रिदेव बहुमुखी क्याम्पस, चारआली, झापा
    ‎

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.