• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कन मन्टेश्वरीमा दीक्षित विद्यार्थीलाई प्रमाणपत्र वितरणसहित विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान


  •    संवाददाता/ बुधबार, चैत २५, २०८२  

  • झापाको बिर्तामोड-३ मा अवस्थित लिङ्कन मन्टेश्वरी विद्यालयले दीक्षान्त समारोह आयोजना गर्दै युकेजी उत्तीर्ण भएका आठ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सत्यनारायण तायलले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

    Advertisement

    विद्यालयको नवौं वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूलाई समेत मेडल, प्रमाणपत्र, माला तथा खादा प्रदान गरी सम्मान गरिएको थियो ।

    Advertisement

    उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि तायल, सञ्चारकर्मी लवकुक्ष गौतम तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा लगायतको उपस्थिति रहेको थियो ।

    यातायात सुविधा सम्पन्न लिङ्कन मन्टेश्वरीले बालमैत्री वातावरणमा अध्ययन-अध्यापन गराउँदै आएको छ । दीक्षान्त समारोहमा सहभागी अभिभावकहरूले विद्यालयप्रति सन्तुष्टि व्यक्त गर्दै आफ्ना छोराछोरीको भविष्यप्रति ढुक्क भएको प्रतिक्रिया दिएका थिए ।

    विद्यालयका सञ्चालक सरोज पौडेलले बालबालिकाको मनोविज्ञान अनुसार शैक्षिक क्यालेन्डर निर्माण गरी सिकाइ प्रक्रिया सञ्चालन गर्दै आएको बताए ।

    उनका अनुसार विद्यालयले एसेम्बलीमा स्वस्ति वाचन, सामाजिक अनुशासन तथा विभिन्न अतिरिक्त क्रियाकलाप र प्रतियोगिता मार्फत विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको छ ।

    उक्त अवसरमा बोल्दै प्रमुख अतिथि तायलले साना बालबालिकाको सफलतामा सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गरेका थिए ।

    हाल विद्यालयमा ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १० जना मन्टेश्वरी शिक्षिकाहरू कार्यरत रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.