झापाको बिर्तामाेड-४ मा अवस्थित गाेमेन्द्र बिर्ता माेडल स्कुलले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेकाे छ ।
शनिबार बिर्तामाेडमा एक कार्यक्रमकाबीच कक्षा ११ का विद्यार्थी र स्कुल परिवारले १२ कक्षाका विद्यार्थीलाई बिदाई गरेकाे हाे ।
शिक्षक अभिभावक संघका अध्यक्ष पुष्प खड्काकाे प्रमुख आतिथ्य तथा संस्थापक निर्देशक उत्तम खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा उनीहरूलाई पुष्पगुच्छासहित मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा हिसान झापाका कोषाध्यक्ष तथा निदि कलेजका संस्थापक प्रिन्सिपल रन्जित शाह, स्कुलका प्रिन्सिपल गिता ढकाल खनाल, प्लस टु का शिक्षक गाेपाल अधिकारी लगायतले विद्यार्थीलाई बिदाई गर्दै आउँदै गरेकाे परिक्षाकाे सफलतासहित उज्जवल भबिष्यकाे कामना व्यक्त गरेका थिए ।
सम्पुर्ण विद्यार्थीहरूकाे तर्फबाट यमुना निराैलाले आफ्नाे अनुभव राखेको कार्यक्रममा बालबालिका शिक्षा तथा सञ्चार मन्चका संयाेजक सराेज पाैडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
उक्त अवसरमा बोल्दै संस्थापक निर्देशक खनालले २८ औं ब्याजले विद्यालयको गरिमामय ईतिहास लेखेको र यसपटकको ब्याज पनि उतिकै उत्कृष्ट रहेकाले अझ उत्कृष्ट बन्न आग्रह गरेका थिए ।
प्लस टु प्राेगाम हेड अनुप ढकालले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन भाइस प्रिन्सिपल तिर्थ दाहालले गरेका थिए ।







