• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा माविको वार्षिकोत्सवमा सञ्चारकर्मीसहित ८० भन्दा बढी व्यक्ति तथा संघसंस्था सम्मानीत


  •    संवाददाता/ बिहिबार, चैत ०५, २०८२  

  • झापाको बिर्तामोड नगरपालिका-९ मा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयको ७० औँ वार्षिक उत्सव अभिभावक भेला तथा दाता सम्मान कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

    वार्षिक उत्सव समारोहमा विद्यालय कम्पाउन्डमा निर्मित मुख्य प्रवेशद्वार निर्माणकर्ता हल्दीबारी गाउँपालिका-४ निवासी यमुना भण्डारी, उमनाथ भण्डारी र गीता देवी तिम्सिनाले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

    Advertisement

    सोही विद्यालयमा कार्यरत शिक्षक उमानाथ भण्डारी र उनको परिवारले ३ लाख दुई हजार रुपैयाँको लागतमा उक्त मुख्य प्रवेशद्वार निर्माण गरेका हुन् । विद्यालयको तर्फबाट निर्माणकर्ताहरूलाई सम्मानपत्र रद्दशालाद्वारा विभूषित गरिएको थियो ।

    Advertisement

    कार्यक्रममा तीनजना शिक्षकहरूलाई उत्कृष्ट शिक्षक सम्मान प्रदान गरिएको छ । यसरी उत्कृष्ट शिक्षक सम्मानबाट सम्मानित हुनेहरूमा दुर्गा माविमा स्थापित उत्कृष्ट वर्ष शिक्षक सम्मानबाट शिक्षक भूपेन्द्र राउत, विद्यालयमा स्थापना गरिएको स्वर्गीय खतियासिंह राजवंशी स्मृति उत्कृष्ट शिक्षक सम्मानबाट दुर्गा माविकी प्राथमिक तह प्रथम श्रेणी श्रेणीमा कार्यरत शिक्षक शान्ता बराल पौडेल र सोही सम्मानबाट देवी मावि बिर्तामोडका शिक्षक भूपेश मर्डी सम्मानित भएका छन् । सम्मानितलाई जनही १० हजार, सम्मानपत्र र दोसल्लाह प्रदान गरिएको छ ।

    सोही अवसरमा झापाली सञ्चारकर्मी युवा भरत प्रसाईंलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । पत्रकार प्रसाईंलाई नगद ५००१ सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

    यसैगरी दुर्गा माविबाट शिक्षक सेवा आयोग उत्तीर्ण गरी अर्को विद्यालयमा नियुक्ति भएर गएका भुवन पौडेललाई उपहारसहित सम्मानपत्रद्वारा विदाई गरिएको छ । कार्यक्रममा यस वर्षको उत्कृष्ट विद्यार्थी सम्मानबाट कक्षा ९ कि छात्रा जानुका मगर सम्मानित भईन भने उत्कृष्ट अभिभावकतर्फ ढाकादेवी सुवेदीलाई सम्मान गरिएको छ ।

    सो अवसरमा विद्यालयको छात्रवृत्ति कोषहरूबाट दुई दर्जन बढी विद्यार्थीहरु पुरस्कृत भएका छन् । वार्षिक उत्सव समारोहको अवसर पारेर विद्यालयको पुनर्निर्माण तथा शैक्षिक वातावरण निर्माणको क्रममा सञ्चालित ह्याप्पी स्कुल प्रोजेक्ट अन्तर्गत सहयोग गर्ने महानुभावहरूलाई सम्मान तथा प्रशंसापत्रद्वारा सम्मानित गरिएको छ।

    यसरी सम्मान प्राप्त गर्नेहरूमा न्युटन एजुकेशन फाउन्डेसन, इडेन गार्डेन बोर्डिङ स्कुल, लिटल फ्लावर सेकेन्डरी स्कुल, आदर्श स्कुल अफ म्यानेजमेन्ट, निदि सेकेन्डरी स्कुल, लिङ्कन मन्टेश्वरी स्कुल, महेन्द्ररत्न मावि, कञ्चनजंगा सेकेन्डरी स्कुल, गोमेन्द्र मल्टिपल क्याम्पस, गोमेन्द्र बिर्ता मोडल स्कुल, मेची आँखा अस्पताल लगायत लगायत ८० भन्दा बढी व्यक्ति तथा संघसंस्थालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

    विद्यालय पुन:निर्माण अभियानका एक अभियन्ता खिलप्रसाद शिवाकोटी, धर्मेन्द्र भट्टराई र सरोज पौडेल लगायतलाई सम्मान तथा प्रशंसापत्रद्वारा विभूषित गरिएको थियो ।

    बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारी, दाताहरूको तर्फबाट सरोज पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए भने स्काउट ट्रुपले मार्च पास गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षकद्वय धर्मेन्द्र भट्टराई र धनकुमारी खरेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.