प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक भएको छ ।
मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १२५ सिट जितेको छ ।
त्यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले ३ सिट जितेको छन् भने १ स्वतन्त्र उमेदवार पनि विजयी भएका छन् ।
Advertisement
उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन् ।
त्यस्तै समानुपातिकतर्फको अधिकांश क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ भने बाँकी ठाउँको गणना अन्तिम चरणमा पुगेको छ ।







