• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इडन गार्डेनको वार्षिकोत्सव, विद्यार्थीहरुको प्रस्तुतिबाट अभिभावक प्रफुल्लित


  •    संवाददाता/ बुधबार, फागुन १३, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित इडन गार्डेन एजुकेशन फाउण्डेशनका विद्यार्थीहरुको प्रतिभा देखेर अभिभावकहरु प्रफुल्लित भएका छन् ।

    इडन गार्डेनको ३७ औँ वार्षिकोत्सवमा विद्यार्थीहरुले आ-आफ्‌ना प्रतिभा देखाएका हुन् । विद्यार्थीहरूले नेपालको सांस्कृतिक पहिचान झल्काउने ३२ भन्दा बढी प्रस्तुति प्रस्तुत गरेका थिए । गीत, नृत्य, कविता, नाटकलगायतका प्रस्तुति प्रस्तुत गरेर उनीहरुले अतिथि र अभिभावकहरुको मन जितेका थिए ।

    Advertisement

    नर्सरीदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुले भरत नाट्यम, सरस्वती वन्दना, रिमिक्स आधुनिक नृत्य, कविता, राष्ट्रिय गीतमा नृत्य, मारुनी नृत्य, राजवंशी नृत्य, जेनजी नृत्य, झुम्रा ,साकेला, तामाङ सेलो, लेजी डान्सलगायत प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

    Advertisement

    विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि भण्डारीले बिर्तामोडकै पुरानो विद्यालयको रुपमा रहेको इडन गार्डेनले आफ्‌नो ख्यातिलाई अझ वृद्धि गर्न नवीनतम् प्रविधिहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

    शिक्षक कमल अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको इतिहास र आगामी योजनाबारे प्रकाश पारेका थिए ।

    उक्त अवसरमा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू अनमिका थापा, सुदिक्षा उप्रेती, कृष्टल प्रसाई र सुरज गौतमलाई जनही नगद ५ हजारसहित सम्मान गरिएको थियो भने २०८२ सालको वर्ष उत्कृष्ट पुरस्कार विद्यार्थीहरु संज्ञान गौतम र प्राञ्जल पोखरेललाई प्रदान गरिएको थियो।

    त्यस्तै उत्कृष्ट शिक्षकहरु मोनिका गिरी, गीता बास्तोला, सञ्जय राजवंशी,सुष्मा मोहरा, मेनुका पाठक, बिमला कँडेल, वर्षा कार्की र तुलसा निरौलालाई सम्मान गरिएको थियो भने उत्कृष्ट ग्रीन सदनलाई पुरस्कृत गरिएको थियो भने लक्की ड्रबाट भाग्यशाली अभिभावक चन्द्रकला गौतमलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

    विद्यालयका कोअर्डिनेटर गीताराम आचार्य र विद्यार्थीहरू चाँदनी माली, आयुष्मा रसाईली, वर्षा मैनाली, अर्पित मैनाली, कुशल बस्नेत, आयान अन्सारी, दिप्सन गिरी, दृष्टी माझी, सलिना राई, सभ्यता शिवाकोटी, आश्रिया शंकर, आश्रिया सुनुवार, रोनिषा प्रसाई, विजयता सुब्बा, सोनाली विश्वास, मुस्कान वेगम, विकल ओली, खुश्बु आचार्य, सम्राट शाही, श्रीयान उप्रेती र क्रिष्टीना बस्नेतले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

    कार्यक्रममा नेल्टा कोशी प्रदेश बरिष्ट उपाध्यक्ष धर्मेन्द्र भट्टराई , एन प्याब्सन झापाका उपाध्यक्ष ओम नेङ्वाङ , बालबालिका तथा शिक्षा संञ्चार मन्च झापाका संयोजक सरोज पौडेल लगायतमो उपस्तिथि रहेको बिद्यालयका सह -प्रधानाध्यापक खेमराज शर्माले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.