झापाको बिर्तामोडमा अवस्थित कन्चन अंग्रेजी विद्यालयको वार्षिक खेलकुद उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.७ का वडाध्यक्ष कृष्ण अविरल खरेल रहेका थिए ।
उक्त अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष खरेलले विद्यालयले खेलकुदलाई समेत अध्ययनसँगै प्राथमिकता दिएकोमा खुशी व्यक्त गरेका थिए ।
६०० जना भन्दा बढी विद्यार्थी अध्ययरत विद्यालयमा ४८३ जनालाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दीपक चम्लागाईंले जानकारी दिए ।
खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता विद्यार्थीहरुलाई बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल र प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी लगायतले पुरस्कार वितरण गरेका थिए ।
शिक्षक बद्री बास्कोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन फाउन्डर डिल्लीराम चम्लागाईं र शिक्षक सागर कोइरालाले गरेका थिए ।
ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालय भएपनि बाल मैत्री तरिकाले अध्यापन हुने भएकाले कन्चन अभिभावकको रोजाईको केन्द्र बन्दै गएको छ ।







