राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट झापा क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका भक्तिप्रसाद सिटौलाले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
निर्वाचन आयोगले आजबाट चुनावी प्रचारप्रसारका लागि अनुमति दिएसँगै सिटौलाले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका हुन् ।
उम्मेदवार सिटौलाले मतदाताको माया र हौसलाले अझ बढी प्रेरणा मिलेकाले झापा क्षेत्र नं.४ मा राप्रपाको जित निश्चित जस्तो भएको दावी गरेका छन् ।
उनी भन्छन् `ठुला पार्टीको गैरजिम्मेवारीपनका कारण राजनीतिक दलप्रती रुष्ट भएको समयमा मतदाताबाट पाएको माया र हौसलाले मेरो जित निश्चित जस्तो देखेको छु´ ।
यसैबीच उम्मेदवार सिटौला घरदैलो अन्तर्गत सोमबार माईधार, दुधे, दोमुखा, उप्रेती गाउँ, झिलझिले, जोगी गाउँ, बिरानटोल, संगम चौक, चिल्ला गढ, मुसहर गाउँ, सन्थाल बस्ती, आइतबारे, लालझोडा र डुडामारीका मतदाताका घर-घरमा पुगेका थिए ।







