• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालकल्याण आविले मनायाे रजत जयन्ती


  •    संवाददाता/ बुधबार, माघ २९, २०८२  

  • झापाको अर्जुनधारा-६ मा रहेको बालकल्याण आधारभुत विद्यालयले रजत जयन्ती समारोह मनाएको छ ।

    विद्यालयले एक समारोहको आयोजना गरेर विद्यालय स्थापनामा भूमिका खेल्ने संस्थापक, जग्गादाता, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लगायतलाई सम्मान गरेर रजत जयन्ती मनाएको हो ।

    Advertisement

    ५ कठ्ठा क्षेत्रफलमा २०५७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ८ सम्म अध्ययन, अध्यापन हुने गरेको छ । विद्यालयमा हाल १८० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने १३ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक डम्बर यादवले जानकारी दिए ।

    Advertisement

    रजत जयन्ती समारोहको अवसरमा विद्यालयले रजत जयन्ती स्तम्भ निर्माण गरिदिने धनकुमार राई, जग्गादाता राधा प्रधान, सुरेश प्रसाईं, चुडामणि शिवाकोटी, मेनका शिवाकोटी, हस्तबहादुर प्रधान, कुमारी श्रेष्ठ, उषा प्रसाईं, सुरेन्द्र प्रसाईं लगायतलाई सम्मान गरेको थियो ।

    यसैगरी संस्थापक सदस्यहरु भक्ति शिवाकोटी, मन्दिरा प्रसाईं, धनबहादुर खाती, छत्रप्रसाद दाहाल, रमेश प्रसाईं तथा वर्ष शिक्षक सम्मानबाट चित्रकला पराजुली अधिकारी र सुप्रिया यादवलाई सम्मान गरिएको बताइएको छ ।

    सम्मानित प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, वडा नं.६ का अध्यक्ष हरिशचन्द्र वाँस्तोला, ७ का वडाध्यक्ष गोविन्द खतिवडा लगायतले सम्मानपत्र, माला,खादा लगाएर सम्मान गरेका थिए ।

    रजत महोत्सवका अवसरमा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शिक्षक भेषराज अधिकारीले गरेका थिए ।

    रजत जयन्तीकै अवसर पारेर विद्यालयले हालसम्मका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने तयारी गरिरहेको जनाएको छ । गुणस्तरीय शिक्षाको गन्तव्य बनाउने लक्ष्यसहित विद्यालयले स्थानीय अभिभावकको साथ पाएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.