आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
इङ्ग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सकेको हो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४४ तथा कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९ रन बनाए भने इङ्गल्यान्डका लायम ड्वासनले २ विकेट लिएका थिए ।
Advertisement
यसअघि भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायो । इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५ र कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिएका थिए ।







