हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ ।
झापाको बिर्तामोड-६ स्थित एभरेष्ट स्मार्ट एकेडेमीको आयोजनामा हुन गइरहेको तेश्रो संस्करणको अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको हो ।
जिल्लाभरिका २० वटा विद्यालयको सहभागीता रहने प्रतियोगिता आज सुरु भएर फाइनल खेल आगामी माघ २८ गते हुने विद्यालयका प्रधानाध्यापक अनुप शर्माले जानकारी दिए ।
Advertisement
विद्यालयका संस्थापक स्वर्गीय प्रसाईंको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको उद्धाटन खेल आयोजक एभरेष्ट स्मार्ट एकाडेमी र इष्ट हरोइजनबीच हुने प्रधानाध्यापक शर्माले बताए ।
यसैबीच प्रतियोगिताको सम्पूर्ण तयारीसमेत पूरा भइसकेको आयोजकले छ । उद्धाटन खेल दिउँसो १:३० बाट सुरु हुने जनाइएको छ ।







