• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्सका संस्थापक प्रसाईंको स्मृतिमा साहित्य लेखन कार्यशाला गोष्ठी


  •    संवाददाता/ सोमबार, माघ १३, २०८२  

  • झापाको बिर्तामोड-५ मा रहेको न्युटन्स एजुकेसन विद्यालयले संस्थापक स्वर्गीय हरिकुमार प्रसाईंको स्मृतिमा साहित्य लेखन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

    विद्यालयको सभा हलमा विद्यालयब्यबस्थापन समितीका कार्यबाहक अध्यक्ष गोपि प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार तथा गजलकार केशव आचार्य रहेका थिए ।

    Advertisement

    दुई चरणमा सञ्चालन गरिएको गोष्ठीमा संस्थागत तथा सामुदायिक विद्यालयका गरी ७४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    Advertisement

    कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले साहित्य लेखन कार्यशाला गोष्ठीले विद्यार्थीहरूलाई सृजनशील बनाउने र अतिरिक्त लेखन क्षमतामा महत्वपूर्ण योगदान पुग्ने बताए । स्वर्गीय हरिकुमार प्रसाईंले शिक्षाको विशाल वृक्षका रूपमा न्युटन्स् एजुकेशन स्थापना गरी सदैव विविध सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने गरेको स्मरण गरेका थिए ।

    पठन संस्कृति वर्ष २०२६ का सह-संयोजक तथा लेखक केशव मैनालीले पठन संस्कारको विकास गर्ने उद्देश्यअनुरूप वर्षभरि निजी तथा सामुदायिक विद्यालयसहित सार्वजनिक स्थानहरूमा पठन संस्कृतिसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिँदै लैजाने जानकारी दिए ।

    कार्यक्रमका बीच साहित्यकार तुलसीप्रसाद भट्टराई, जानुका धिमाल र खगेन्द्रा खुसी लगायतले आफ्ना सिर्जना बाचन तथा अनुभव सेयर गरेका थिए ।

    कार्यशालाअन्तर्गत निबन्ध लेखन सम्बन्धी लेखक तिर्थ सिग्देलले र कविता तथा गजल लेखन सम्बन्धी लीला अनमोलले सहजीकरण गरेका थिए ।

    पठन संस्कृति वर्ष २०२६ अभियानले सहकार्य गरेको कार्यक्रमको उद्घाटन सत्र विद्यालयका शिक्षिका पवित्र पौडेलले सञ्चालन गरेकी थिइन् भने दोस्रो चरण लेखक तथा पठन संस्कृति वर्ष २०२६ का संयोजक तीर्थ सिग्देलले सञ्चालन गरेका थिए । कार्यक्रममा बिद्यालयका निर्देशक आशिष प्रसाईं,कन्चन बोडिङ्ग स्कुलका प्रधानाध्यापक दिपक चौलागाईं ,शिक्षक महासंघ बिर्तामोडका सचीव उमा भण्डारी , प्रकाश गुरुङ ,निदि सेकेन्डरी स्कुलका प्रधानाध्यापक भीष्म प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.