निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बिर्तामोडका विद्यालयमा आज शोक विदा दिने निर्णय गरेको छ ।
प्याब्सन बिर्तामोड नगर कमिटीले विद्यालयहरुमा पत्राचार गर्दै सो सम्बन्धि जानकारी गराएको हो ।
प्याब्सन बिर्तामोडले गोमेन्द्र विर्ता मोडेल स्कुलका संस्थापक प्रधानाध्यापक स्वर्गीय गणेशप्रसाद खनालप्रति सम्मान र समवेदना प्रकट गर्दै विद्यालयमा शोक विदा दिने निर्णय गरेको अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए ।
Advertisement
बिर्तामोड निवासी खनालको ८५ बर्षको उमेरमा गत पुष २४ गते निधन भएको थियो ।








