• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकाको गलत हर्कतले बनाउन सक्छ लज्जित, सुधार्ने यस्ता छन् उपाय


  •    संवाददाता/ बिहिबार, माघ ०२, २०८२  

  • हरेक बालबालिकाको बानी हुन्छ चकचक गर्ने । यो उनीहरूको बालसुलभ स्वभाव नै हो । कुनै कुरा पोख्ने, च्यात्ने, बिगार्ने यो सबैजसो बालबालिकाले कुनै न कुनै समयमा गरिरहेका हुन्छन् । त्यसमा पनि केही बच्चा धेरै नै चकचक गर्ने खालका हुन्छन् । कहिलेकाहीं कुनै पार्टीमा वा कोही आफन्तकहाँ गएका बेला बच्चाले बदमासी, गलत व्यवहारहरू गर्दा अभिभावक लज्जित हुनुपर्छ ।

    अलि सानो हुँदा त उनीहरूले नबुझेर सो सबै गरिरहेका हुन्छ । तर कोही कुनै बच्चाहरू ८-१० वर्षको हुँदासम्म यस्ता बदमासीहरू गरेर अभिभावकलाई दु:ख दिइरहेका हुन्छन् । अप्ठ्यारोमा पारिरहेका हुन्छन् । बच्चाले अरुका अगाडि खराब व्यवहार गरी अभिभावकलाई लज्जित बनाउन सक्छन् ।

    Advertisement

    यो समस्याबाट कसरी छुटकारा पाउने त ?

    Advertisement

    १.गतल हर्कतलाई सानैबाट निरुत्साहित गर्ने

    बच्चाहरूले गर्ने व्यवहारमाथि सानै उमेरबाट अभिभावकले ख्याल राख्नुपर्छ । उनीहरूले गरेका नराम्रो काम र व्यवहारलाई यो नराम्रो काम हो, गर्नुहुँदैन भनेर सम्झाउने गर्नुपर्छ ।

    बच्चाले नराम्रो व्यवहार गरिरहँदा हास्ने, रमाइलो मान्ने, उसलाई उक्साउने गरियो भने उनीहरू त्यो गर्न झन जोसिन्छन् । अनि यो बानी ठूलो हुँदासम्म रहिरहन्छ । बच्चाले नराम्रो हर्कत गर्न लाग्दा दुई-चार पटक त्यसलाई रोकियो भने उनीहरूले बुझ्नेछन् कि त्यो ठिक होइन ।

    २.नियम बनाउने

    कस्ता व्यक्तिको अगाडि कस्तो कुरा गर्ने, के बोल्न, के नबोल्ने, कस्तो व्यवहार गर्ने, उनीहरूलाई कसरी सम्बोधन गर्न, शिष्टाचारमा के ध्यान दिने भन्ने कुराको नियम बनाउनुपर्छ । सानैबाट यो सिकाउँदै जानुपर्छ । बच्चाले ती कुरा पालना गर्दा प्रशंसा गर्नुपर्छ, जसबाट उनीहरू उत्प्रेरित हुन्छन् ।

    बच्चालाई सिकाएका व्यवहार अभिभावक आफैंले पनि पालना गर्दा उनीहरू राम्रो छाप बस्छ । निश्चित नियम बनाउँदा उनीहरू कुनै गतल व्यवहार गरेपछि अर्को पटकमा त्यसलाई सच्याउने मार्गमा लाग्छन् ।

    ३.कारण खोज्ने

    बालबालिकाले बुझ्ने उमेर भइसकेर पनि, नराम्रो व्यवहारबारे सचेत गराइरहँदा पनि पटक-पटक त्यस खालका गल्ती गरिरहन्छन् भने त्यको कारण खोतल्नु राम्रो हुन्छ । कसैको रिस वा इखले पो त्यो गरिरहेको छ कि भनेर बुझ्नुपर्छ । कुनै गलत कुरा तथा व्यक्तिबाट प्रेरित भएर खराब व्यवहार देखाइरहेको हो कि पत्ता लगाउनुपर्छ ।

    अभिभावकै व्यवहारले पनि उनीहरू चिडिएर नराम्रा हर्कत गरिरहने पनि हुनसक्छ । त्यो हो भने अभिभावक आफैँले बानी सुधार्नुपर्छ ।

    ४.गाली वा कुटपिटमा केन्द्रित नहुने

    यदी कोही बच्चाले कुनै बदमासी गर्‍यो वा खराब व्यवहार देखायो भने तह नलागेको भन्ने अर्थ लगाइन्छ । यसलाई कुटाइ वा गाली नपुगेको भन्ने गरिन्छ । तर प्राय: नतिजा सोचे भन्दा उल्टो देखिन्छ । हामीले समुदायमा नियाल्ने हो भने अभिभावकको धेरै गाली र कुटाइ खाइरहने बालबालिकालाई धेरै जिद्दी र बदमास भएको पाउँछौँ ।

    कारण के हो भने उनीहरूलाई यस्ता कुरामा बानी परिसकेको हुन्छ । अरूले आफूलाई जस्तो व्यवहार गर्छन् आफूले पनि यस्तै प्रतिक्रिया देखाउनुपर्छ भन्ने धारणा उनीहरूको मनमा बसिकेको हुन्छ । बालबालिकालाई सकारात्मक व्यवहार गर्ने, उनीहरूलाई राम्रो सँग सुन्ने र आफैँ जिम्मेवार बनाउने कुरामा केन्द्रित हुनुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.