• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विज्ञापनका आधारमा कस्मेटिकको प्रयोग हुन सक्छ हानिकारक


  •    प्रा.डा अनुपमा कार्की/ आइतबार, पुष २७, २०८२  

  • छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो । जसको बाहिर वातावरण प्रत्यक्ष सम्पर्क रहन्छ । छालालाई बाहिरी तथा भित्रि कारणहरुले असर गरिरहेको हुन्छ । लगातार घाममा बस्नु, धुलो, प्रदुषण घाम, विभिन्न प्रकारका कस्मेटिकहरुको प्रयोग जस्ता बाहिरी कारणले छालालाई असर गरिरहेको हुन्छ ।

    शरीरभित्र रहेका विभिन्न रोगहरु थाइराइड, सुगर, हर्माेनल परिवर्तन लगायतले पनि छालालाई असर गरिरहेको हुन्छ । यसरी भित्रि तथा बाहिर जुनसुकै कारणले पनि छालामा असर गरिरहेको हुन्छ । अनुहारको छाला सबैभन्दा धेरै बाहिरी वातारणसँग सम्पर्कमा रहन्छ । अनुहारमा विभिन्न प्रकारका क्रिमको प्रयोग, अन्य अंगको छालाको तुलनामा अनुहारको छाला पातलो तथा संवेदनशील हुनु जस्ता कारणले अनुहारको छालामा अन्य अंगको छालाको तुलनामा बढी समस्या आउने गर्छ ।

    Advertisement

    अनुहारमा फेसवास वा साबुन कुन प्रयोग गर्ने ?

    Advertisement

    साबुनमा अल्कालाइन नामक तत्व हुने भएकोले यसको प्रयोगले अनुहारमा रहेका फोहोर तत्व मात्रै नभई प्राकृतिक रुपमा रहेको चिल्लोपनालाई पनि फोहोरसँगै लैजान सक्छ । त्यसकारण साबुनको प्रयोगले अनुहारको छालालाई सुख्खा पार्ने, डन्डीफोरको समस्या ल्याउने हुन सक्छ । त्यसकारण अनुहारको छालाको लागि साबुनको प्रयोग त्यति राम्रो मानिदैन । फेसवासमा मोस्चराइजर पनि राखिएको हुनाले अनुहारमा साबुनको सट्टा फेसवासको प्रयोग राम्रो मानिन्छ ।

    त्यसो भन्दैमा छालामा धेरै र कडा खालको फेसवासको प्रयोग भने राम्रो मानिदैन । सकेसम्म छालाको प्रकृति अनुसार छालाा रोग विशेषज्ञको सल्लाहमा फेसवासको प्रयोग गर्नु छाला स्वास्थ्यका लागि राम्रो हो । छालाको प्रकृति अनुसार दैनिक एक पटक फेसवासको प्रयोग र मुख धुनु राम्रो हो । फेसवासको प्रयोग गर्दा सुरुको अवस्थामा भने छाला रोग विशेषज्ञको सल्लाहमा प्रयोग गर्नु राम्रो मानिन्छ ।

    विज्ञापनका आधारमा कस्मेटिकको प्रयोग हुन सक्छ हानिकारक

    पछिल्लो समय सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले विज्ञापनका आधारमा विभिन्न प्रकारमा कस्मेटिक तथा क्रिमहरुको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी छाला रोग विशेषज्ञको सल्लाह बिना नै यस्ता सामग्रीहरुको प्रयोग गर्नु छालाका लागि हानिकारक हो । यस्ता सामग्रीहरुले छालामा सुख्खापना, एलर्जी, पातलो बनाउने लगायतका समस्या देखिन सक्छ । कतिपय कस्मेटिकमा क्यान्सर गराउने तत्वहरु पनि मिसावट गरिएको हुन सक्छ ।

    छालालाई स्वस्थ र चम्किलो राख्नका लागि सन्तुलित भोजन तथा जीवनशैली पनि उतिकै महत्वपूर्ण मानिन्छ । यसका साथै पर्याप्त पानी, निन्द्रा, तनावमुक्त जीवनशैली, रक्सी तथा चुरोटको सेवन नगर्नु पनि छालाको स्याहारका लागि उतिकै महत्वपूर्ण हुन्छ । यसका साथै छाला रोग विशेषज्ञको सल्लाहमा क्रिम तथा मोस्चराइजरको प्रयोग गर्नुपर्छ । छाला राम्रो र चम्किलो बनाउनका लागि विभिन्न प्रकारका घरेलु उपायहरु दही, कागती, बेसार लगायतको प्रयोग छालाका हानिकारक हुन सक्छ । छोटो समयका लागि त्यसले छाला चम्किलो बनाए पनि दीर्घकालीन रुपम भने फाइदाजनक हुँदैन ।

    छालामा एन्टी एजिङ ट्रिटमेन्ट प्रविधि

    छालालाई बुढ्यौली ढिलो गराउनका लागि पछिल्लो समय एन्टी एजिङ ट्रिटमेन्ट प्रविधिको विकास गरिएको छ । उमेरसँगै छालामा आउने चाउरीपना कम गराउनका लागि यो प्रविधिको प्रयोग हुन्छ । छालालाई बुढ्यौलीसम्म पनि राम्रो बनाउनका लागि ३० वर्ष पुगिसकेपछि नै विस्तारै एन्टी एजिङ ट्रिटमेन्ट प्रविधिको प्रयोग गर्नुपर्छ । यद्यपि छालाको स्याहारका लागि स्वस्थ जीवनशैली र व्यायाम पनि उतिकै महत्वपूर्ण छ ।

    चायाँ, पोतो तथा डन्डीफोरको समस्या

    महिलाहरुमा गर्भवती भएपछि चायाँ,पोतो, डन्डीफोरजस्ता समस्या आउन सक्छ । कतिपयमा डेलिभरी पश्चात् उक्त समस्या हराउँदै गएपनि कतिपयमा भने रहिनै रहन्छ । घामको विकिरणका कारण पनि यस्तो समस्या आउन सकछ भने कतिपयमा शरीरको आन्तरिक समस्या कारण पनि यस्तो समस्या आउन सक्छ । जथाभाबी रुपमा कस्मेटिकहरुको प्रयोग छालामा हुँदा पनि यस्तो समस्या आउन सक्छ । यद्यपि कतिपयमा वंशाणुगत कारणले पनि यो समस्या आउँछ । चिल्लो छाला,तनावपूर्ण जीवनशैली जस्ता कारणले पनि कसैमा डन्डीफोर धेरै आउने समस्या हुन्छ ।

    जाडोयाम र छालाको समस्या

    चिसोमा हाम्रो छाला धेरै सुख्खा हुने गर्छ । यो समयमा बढी मात्रामा तातो पानीको प्रयोग गरिन्छ। तातोपानीको बढी प्रयोगले छालालाई अझै बढी सुख्खा बनाउँछ । त्यसकारण राम्रोसँग मोस्चराइजरको प्रयोग, नरिवलको तेलको प्रयोग, भित्रि लुगा सुतीको लगाउने, पर्याप्त मात्रामा पानीको खाने गर्नुपर्छ । जाडोमा छालामा सोरासिस्, हातगोडा सुन्निने, एलर्जी, विन्टर एक्जीमा, चायाँ जस्ता समस्या बढी देखिन्छ । यी सबै समस्याहरुलाई कम गर्नका लागि राम्रो मोस्चराइजर, तेल तथा अनिवार्य रुपमा सन क्रिमको प्रयोग गर्नुपर्छ ।

    छालाको स्याहारका लागि छुट्याउन नहुने काम

    छाला मानव शरीरको अभिन्न अंग हो । मानिसको परिचय नै अनुहार भएकोले अन्य अंगको तुलनामा अनुहारको छालामा विशेष ध्यान जाने गर्छ ।स्वस्थ छाला भनेकै चमक भएको छाला हो । त्यसकारण उमेर अनुसार तथा छाला रोग विशेषज्ञको सल्लाहमा अनुहारमा क्रिमको प्रयोग गर्न सकिन्छ। जुनसुकै मौसममा पनि सनब्लक क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका साथै सन्तुलित भोजन,सागपात,फलफूल लगायतको प्रयोग छालाका लागि राम्रो मानिन्छ । यसका साथै स्वस्थ जीवनशैलीको पनि महत्वपूर्ण हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.