एक्टिभ नाइनले श्री हरिहर आश्रम गुरुकुलमा अध्ययनरत बटुकलाई न्यानो कपडा वितरण गरेको छ ।
उक्त संस्थाले आठौँ स्थापना दिवसको अवसरमा मंगलबार बिर्तामोड-६ स्थित गुरुकुलका २३ जना बटुकलाई न्यानो कपडा वितरण गरेको हो ।
समूहका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा हरिहर आश्रम गुरुकुलका पूर्व अध्यक्ष दाताराम तिम्सिना प्रमुख अतिथि रहेका थिए ।
Advertisement
एक्टिभ नाइन लेडीका देवका कोइराला, विद्यापीठका अध्यक्ष अभिचन्द्र पोखरेल लगायतले मन्तव्य राखेका थिए भने सोही अवसरमा बटुकलाई खाजा पनि खुवाइएको थियो ।
देवीप्रसाद अधिकारीले सहजीकरण कार्यक्रमको सञ्चालन संस्थाका सचिव भानु खनालले गरेका थिए ।







