• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मोहनमाया माविको वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, पुष १५, २०८२  

  • झापाको बिर्तामोड-२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नो ५८ औँ वार्षिकोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा छात्रवृत्ति वितरण कार्यक्रमसहित सोमबार सम्पन्न गरेको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा रहेकी थिइन् ।

    Advertisement

    मोहनमाया स्काउट दलले प्रस्तुत गरेको सलामी परेड प्रदर्शनले सहभागीहरूलाई विशेष अनुभूति गराएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले विद्यालयको ऐतिहासिक पृष्ठभूमि र पछिल्लो एक वर्षभित्रका गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरे । उनले मोहनमाया माध्यमिक विद्यालय कोशी प्रदेशमै २ हजारभन्दा बढी विद्यार्थी संख्या, उत्कृष्ट नतिजा र व्यवस्थापकीय क्षमताका आधारमा अग्रणी विद्यालय भए पनि स्थानीय तहबाट अपेक्षित प्रोत्साहन नपाएको गुनासो व्यक्त गरेका थिए ।

    Advertisement

    वार्षिकोत्सवका अवसरमा विभिन्न नेपाली सांस्कृतिक तथा आधुनिक नृत्य, फेसन शो र अभिनय प्रस्तुत गरिएको थियो भने उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षा ८ मा ४ जिपिए ल्याउने ६ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

    त्यसैगरी मोहनमाया विद्या पदकबाट कक्षा १० का ५७ जना र कक्षा १२ का ३८ जना विद्यार्थी सम्मानित भएका छन् । डीसीई छैटौँसम्म उत्कृष्ट नतिजा ल्याउने अविनय खतिवडा, सुशाना कोइराला, सन्दिप बराल, प्रजन बराल र विजु भुजेललाई पनि मोहनमाया विद्या पदक प्रदान गरिएको छ ।

    कार्यक्रममा विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषमार्फत विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। सुश्री सावित्री बस्नेत अक्षयकोष, गंगादेवी-रंगलाल चिमरिया स्मृति अक्षयकोष, नैनानन्द-विष्णुमाया संग्रौला स्मृति कोष, श्यामलाल (गंगाराम)-रणमाया खनाल स्मृति अक्षयकोष, चन्द्र-विष्णु राउत स्मृति प्रतिष्ठान, गोपालकुमार-रमा बस्नेत अक्षयकोष, स्व। सुजता रिमाल स्मृति कोष तथा रुपनारायण-पवित्रा तिवारी स्मृति कोषबाट विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू पुरस्कृत भएका छन् ।

    सोही अवसरमा पूर्व शिक्षक राजेन्द्रप्रसाद संग्रौलाले कक्षा ५ का उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे भने कार्यक्रमकै बीचमा शिक्षक वेदमाया खनाल र आया अम्बिका देवी दाहाललाई विदाइ गरिएको थियो ।

    उक्त कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    शिक्षक अनिता बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मुकुन्द ढकालले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.