• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा पठन संस्कृति वर्ष घोषणा


  •    संवाददाता/ सोमबार, पुष १४, २०८२  

  • झापामा पठन संस्कृति वर्ष २०२६ घोषणा कार्यक्रम गरिएको छ ।

    झापाका १०० भन्दा बढी सामाजिक संस्थाहरूको सामूहिक अभियान अन्तरगत बिर्तामोडमा सोमबार पठन संस्कृति वर्ष घोषणा गरिएको हो ।

    Advertisement

    तीर्थ सिग्देलको ‘त्यो झापा’ इतिहास र हेम गुरागाईंको उपन्यास दिगो समाधान नामक पुस्तक विमोचनसँगै पठन संस्कृति वर्ष २०२६ घोषणा कार्यक्रम गरिएको छ । सोही कार्यक्रमकाबीच गीत, कविता, गजल वाचनलगायत कार्यक्रम पनि गरिएको थियो ।

    Advertisement

    वर्ष २०२६ लाई पठन संस्कृति वर्षको रूपमा मनाउने घोषणासहित सामाजिकस्तरबाट अभियानको प्रारम्भ गर्ने र सो अभियानलाई सरकारी कार्यक्रमको रूपमा अगाडि बढाउन सरकारलाई ज्ञापनपत्रमार्फत् अनुरोध गर्ने कार्यक्रमको उद्देश्य रहेको लेखक तीर्थ सिग्देलले जानकारी दिए ।

    सिग्देलका अनुसार आ-आफ्नो संघसंस्था, साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था र सामाजिक व्यक्तित्व, विद्यार्थीमाझ पठन संस्कृतिको विकास गराउन सन्देशमुलक कार्यक्रम सञ्चालन गर्ने, सन् २०२६ वर्षलाई पठन संस्कृति वर्षको रूपमा मनाउन सबै संघसंस्थाहरूसँग सहकार्य गरी विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने र स्थानीय तहलगायत यस अभियानमा जोडिएका संघसंस्थाहरू माझबाट एक शैक्षिक सरोकार समिति गठन गरी सरोकारवालाहरूमाझ शैक्षिक, सामाजिक एवम् पठन संस्कृति बढाउन अभियान सञ्चालन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।

    कार्यक्रममा झापाको इतिहासबारे विवेचना वरिष्ठ अधिवक्ता-लेखक लीला उदासी, समाज विकासका लागि अभियानको भूमिका सहकारी-सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी, पठन संस्कृतिले समाजमा पार्ने प्रभावका विषयमा सामाजिक अभियन्ता-लेखक केदार शर्माले आ-आफ्नो धारणा राखेका थिए ।

    सहकारी-सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले झापामा धेरै अस्पतालहरु भएको र प्रत्येक अस्पतालले कुरुवाका लागि पुस्तक पढ्ने ठाउँ बनाउनु पर्ने बताए । साहित्य कला र संस्कृतिलाई समेट्ने खालको इभेन्टहरु सञ्चालन गराउनु पर्ने बताउँदै गिरीले यसका लागि एक करोडको अक्षय कोषको स्थापना गर्न अभियान सञ्चालन गर्नुपर्ने बताए ।

    हरेक कार्यक्रममा मायाको चिनोको रुपमा पुस्तक उपहार, बच्चाको मुख हेर्न जाँदा पनि उपहार पुस्तक लाने, कुनै पनि यात्रामा जाँदा कुनै न कुनै पुस्तक वा बुक लिएर जानु पर्ने र किताव पढ्ने र बोक्ने फेशनका रुपमा विकास गर्नु पर्ने गिरीले बताए ।

    अभियानका लागि अभियान्ता, वीरता रिडर्स, रिडर्स अभियान नेपाल, झापाली साहित्य समाजको आयोजनामा भएको कार्यक्रमको संयोजन इशा बुक्स सेन्टर, मिडिया रिसर्च सेन्टर र सहकार्य न्यूटन्स एजुकेशन एकेडेमीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.