जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गतेलाई तह गरेको प्रतिनिधि सभाको निर्वाचनको चहलपहल सुरु भएको छ । चुनाव नजिकिदै जाँदा विभिन्न राजनीतिक दलहरु मतदाता फकाउन गाउँ-गाउँ पुग्नेदेखि लिएर उम्मेदवार सिफारीस गर्न लागि परेका छन् ।
यसैक्रम इलाम क्षेत्र नं.१ बाट जुझारु युवा नगेन्द्र बुढाथोकीको नाम समेत आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट सिफारिस भएसँगै इलाममा बेग्लै तरङ्ग ल्याएको छ भन्दा फरक नपर्ला ।
पछिल्लो समय युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नपर्छ भन्ने माग सर्वत्र उठिरहँदा बुढाथोकीको नाम सिफारिसस भएपछि स्थानीय युवाहरु उनलाई उम्मेवार सिफारिस मात्र होइन उम्मेदवार नै बनाउन पार्टीलाई दबाब दिन थालेका छन् ।
इलामको सूर्योदय नगरपालिका वडा नं.१० मा जन्मेका बुढाथोकी पार्टीमा भने वि.सं.२०५९ सालदेखि निरन्तर रुपमा सक्रिय रुपमा लागेका हुन् । बुढाथोकी क्षेत्रीय प्रतिनिधि हुँदै पार्टीमा विभिन्न जिम्मेवारीमा बसेर काम गरेको अनुभव रहेको छ ।
सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका बुढाथोकी गाउँ-घरमा आपतविपत परेको समयमा सधैँ अग्रसर भएर लागिपर्ने गरेका छन् । दिनदु:खीको असल सारथीको रुपमा परिचित उनी गाउँमा कोही बिरामी हुँदा पैसाको अभाव भएर हस्पिटलसम्म पुग्ने अवस्था नभएकालाई हस्पिटलसम्म पुर्याउनदेखि लिएर डिस्चार्ज गरेर घरसम्म ल्याउन पछि नपर्ने उनको स्वभाव रहेको छ ।
उनको सक्रियतामा केही समय अघि मात्र मालिममा रहेको सिद्धिघाटको पुन:निर्माणदेखि विभिन्न विद्यालयमा रङ्गरोकन, खेलकूद सामाग्री वितरण समेत गरिएको थियो ।







