• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकालाई मोबाइल चलाउन नदिने होइन, सिकाउने हो


  •    प्रा.डा. दिपराज थापा/ आइतबार, मङि्सर २९, २०८२  

  • ‘मेरो छोरो मोबाइल चलाउँछ, गेममा डुब्छ’ एक आमा भन्छिन्, ‘फोन लुकाउनुपर्छ, अरूका त छोराछोरीलाई मोबाइल छुनै दिँदैनन् रे ।’

    धेरै अभिभावक यस कुरामा चिन्तित छन् र यी उदाहरणहरू हामी सबैका दैनिकी हुन् । सानै उमेरदेखि मोबाइल चलाउन दिँदा बच्चालाई खाना खुवाउनसमेत मोबाइल चाहिने अवस्था आएको छ ।

    Advertisement

    नेपालका धेरै विद्यालयमा मोबाइल प्रयोगमा कडाइ छ । तर किशोर-किशोरीहरूले घरमा अभिभावकसँग तर्क गरेर विद्यालयपछि मोबाइल बढी चलाउने गरेको देखिन्छ । हरेक कुराको अत्यधिक आदत राम्रो होइन । यदि नियन्त्रणमा राखियो भने फाइदाजनक हुन्छ । तर मोबाइलले नै नियन्त्रण गर्न थाल्यो भने अभिशाप बन्न सक्छ । वैज्ञानिक भाषामा मोबाइल, टिभी, कम्प्युटर, आइप्याड आदि प्रयोगलाई ‘स्क्रिन समय’ भनिन्छ। यसको फाइदा र बेफाइदा दुवै हुन्छन् ।

    Advertisement

    फाइदाहरू

    आजभोलि मोबाइलका फाइदा कति छन् भनेर गन्नै सकिँदैन। मोबाइल सूचना प्राप्त गर्न, संसारसँग जडान हुन र कुनै पनि कुरा बुझ्न जान्न अत्यन्तै आवश्यक भएको छ । त्यतिमात्र होइन, सुरक्षा सुनिश्चित गर्न पनि मोबाइलले महत्वपूर्ण भूमिका खेल्छ । दुर्घटना हुँदा अथवा आपत पर्दा हामी मोबाइलमार्फत विभिन्न किसिमका सहयोग प्राप्त गर्न सक्छौं । त्यस्तै जानकारी लिनका लागि मोबाइल अत्यन्तै आवश्यक देखिन्छ ।

    मोबाइलको अर्को ठूलो फाइदा भनेको अरूसँग र साथीहरूसँग सामाजिक रूपमा बाँधेर राख्न सहयोग पुर्‍याउनु हो । यसले आफन्त र नजिकका मित्रहरूलाई नजिकै रहन र सम्पर्क कायम राख्न अत्यन्तै सजिलो बनाएको छ । सूचना र सञ्चारको हकमा, विश्वमा भइरहेका घटनाहरू र अन्य गतिविधिहरू जुनसुकै ठाउँमा भए पनि एकैछिनमा जानकारी लिन सकिन्छ ।

    मोबाइलले दैनिकीलाई सहज बनाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । मोबाइलभित्रै क्यालकुलेटर, विभिन्न नाप्ने यन्त्र, टर्च जस्ता विविध सुविधाहरू हुन्छन्, जसले गर्दा हामीलाई सुरक्षाका लागि अन्य उपकरणहरू प्रयोग गर्न आवश्यक पर्दैन । मोबाइल भएकै कारण विभिन्न अन्य धेरै कुराहरू साथमै नभए पनि दैनिकी सहज बनाउन यसले मद्दत पुर्‍याउँछ । एक्काइसौं शताब्दीको विकाससँगै मोबाइल सानो, हलुका र जहाँसुकै लैजान सकिने उपकरण बनेको छ । यसले प्रयोगलाई अत्यन्तै सहज बनाएको छ ।

    आजभोलि मोबाइलको प्रयोग मनोरञ्जनका लागि पनि प्रशस्त हुन्छ । मनोरञ्जनका क्रममा यसमा धेरै किसिमका एप्स हुन्छन्, जसले मान्छेलाई सिर्जनशील बनाउन सहयोग गर्छ जस्तै संगीत सिर्जना गर्ने, चित्र बनाउने, अन्य सीपहरू सिक्ने र ती सीप तथा कलाहरू सञ्जालमार्फत प्रदर्शन गर्ने । यसले आफूभित्रको प्रतिभा उजागर गर्न र पोस्ट गर्न पनि सहयोग पुर्‍याउँछ ।

    त्यसैगरी व्यवसाय र व्यापारका लागि पनि मोबाइलले महत्वपूर्ण भूमिका खेलेको छ । सञ्चार माध्यम प्रयोग गरेर बजारमा प्रचारप्रसार गर्न र आफ्नो व्यापारलाई प्रभावकारी बनाउन मोबाइल अपरिहार्य बनेको छ।

    मोबाइलको सबैभन्दा ठूलो र महत्वपूर्ण फाइदामध्ये एक भनेको सिर्जनशीलता र कार्यक्षमता बढाउने उपकरणका रूपमा प्रयोग गर्न सकिनु हो । आवश्यक जानकारी इन्टरनेटमार्फत तुरुन्त प्राप्त गर्न सकिन्छ । मान्छेलाई सीप र सिकाइ सिक्नका लागि पनि मोबाइलले जागृत गर्छ ।

    त्यसैले मोबाइल आजभोलि शैक्षिक उपकरणका रूपमा प्रयोग भइरहेको छ । धेरै विद्यालयहरूमा कम्प्युटर र मोबाइललाई ज्ञान प्रवर्द्धन गर्न र सीप सिकाउन प्रयोग गरिन्छ । त्यसैले मोबाइल र कम्प्युटरलाई केबल हानिकारक उपकरणको रूपमा लिन मिल्दैन । शारीरिक तथा मानसिक अस्वस्थता भएका बालबालिका र व्यक्तिहरूका लागि प्रविधिहरू प्रयोग गर्न सकिने अवस्थाले गर्दा उनीहरूमा पनि सीप सिक्ने र क्षमता वृद्धि गर्न प्रविधिले सहयोग पुर्‍याउँछ ।

    आज मोबाइल र कम्प्युटर मान्छेको दैनिकीमा अपरिहार्य बनेका छन् । त्यसैले यसका बेफाइदाहरू मात्र केलाउनु भन्दा फाइदाहरूलाई पनि बुझेर, कसरी सहीरूपमा प्रयोग गर्ने भन्ने कुरा अभिभावक, शिक्षक र विद्यार्थीहरूले जान्नुपर्छ । सही प्रयोग गर्न सके ज्ञान, सीप र क्षमता वृद्धिको लागि ठूलो सहयोग पुग्छ ।

    बेफाइदाहरू

    बेफाइदाहरूको कुरा गर्दा सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको मोबाइल अथवा कम्प्युटर लामो समयसम्म लगातार चलाउने बानी बसाल्नु हो । जब लामो समयसम्म एकै ठाउँमा बसेर कम्प्युटर वा मोबाइल हेर्ने, खेल्ने गरिन्छ, त्यस्तो अवस्थाले शारीरिक गतिविधिहरूलाई कमजोर बनाउँछ र जीवनशैलीलाई निष्क्रिय बनाउँछ ।

    आजभोलि डिजिटल प्रविधि प्रयोग गर्दा त्यसैमा निर्भर रहनु पनि एउटा महत्वपूर्ण बेफाइदा हो । आवश्यक भन्दा धेरै प्रयोग गर्नु र प्रविधिबाट एकैछिन पनि टाढा रहन नसक्नु समस्या हो । प्रविधिमा निर्भर भएपछि विशेष गरी बालबालिकाहरू खेल खेल्दा कहिल्यै खेल समाप्त गर्न मन नलाग्ने, अन्य महत्वपूर्ण काम गर्न नचाहने र केवल मोबाइल चलाउन चाहने अवस्था देखिन्छ ।

    प्रविधिमा निर्भर बालबालिकाहरूले जीवनका आवश्यक कुराहरूलाई प्राथमिकता दिन छोड्छन् । जस्तै शारीरिक व्यायाम, संस्कृतिसँग सम्बन्धित गतिविधि, आफन्तसँग भेटघाट, मेलमिलाप, खाने-सुत्ने समय र शारीरिक अभ्यास आदि ।

    अनुसन्धानले देखाएको छ कि लामो समयसम्म प्रविधि प्रयोग गर्दा मोटोपन बढ्ने, शारीरिक अस्वस्थता हुने हुन्छ । जस्तै ढाड दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, घाँटी दुख्ने र अन्य शारीरिक समस्या देखिन्छ । यसले मधुमेह, मुटुरोग तथा अन्य रोगको जोखिम पनि बढाउँछ ।

    त्यसैगरी मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ । लामो समयसम्म प्रविधि प्रयोग गर्ने र त्यसमा निर्भर रहने बालबालिका तथा वयस्कहरूमा निन्द्रा नलाग्ने, चिन्ता बढ्ने, मानसिक तनाव हुने समस्या देखिन्छ ।

    अनावश्यक र अत्यधिक प्रविधि प्रयोगले घरमा झगडा, कलह बढाउने र आपसी सम्बन्ध बिगार्ने सम्भावना पनि रहन्छ। किनकि लामो समयसम्म प्रविधि प्रयोग गर्दा मानिसहरू आक्रामक हुने, अरूको कुरा सुन्न नचाहने, चिडचिडापन बढ्ने जस्ता व्यवहार देखिन्छ ।

    प्रविधिको निषेध समाधान होइन

    माथि चर्चा गरिएको फाइदा र बेफाइदाबाट के निष्कर्ष निकाल्न सकिन्छ भने, आजभोलि प्रविधि प्रयोग गर्नुपर्ने र नगर्नुपर्ने कुराहरू बुझ्नु आवश्यक देखिन्छ । मुख्यत: आफ्नो दैनिकी र स्वास्थ्यलाई ध्यानमा राखी प्रविधि प्रयोगलाई अन्य आवश्यक गतिविधिहरूसँग सन्तुलनमा राख्न सक्नु जरुरी छ ।

    आजको समय डिजिटल समय हो । सानैदेखि बालबालिकालाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को ज्ञान दिनु आवश्यक मात्र होइन, अनिवार्य भएको छ । विशेष गरी एआईको अत्याधुनिक विकासले गर्दा यसका बारेमा बुझ्न र जान्न अत्यावश्यक भएको छ । त्यसैले प्रविधि कसरी प्रयोग गर्ने भन्ने कुरा अत्यन्तै महत्वपूर्ण भूमिका खेल्छ ।

    आजको डिजिटल प्रविधिको प्रयोगले ल्याएका समस्याहरूलाई चाँडोभन्दा चाँडो समाधान खोज्नु आवश्यक देखिन्छ । यसका लागि मुख्यत: अभिभावक, शिक्षक र वयस्कहरूले रोल मोडेलको भूमिका खेल्नुपर्छ । उनीहरूले आफ्ना बालबालिका र वरपरका मानिसहरूलाई सकारात्मक प्रभाव पार्न सक्ने उपायहरू अपनाउनुपर्छ । भोलि आउने पुस्तालाई प्रविधिको सकारात्मक पक्ष सिकाउन र हौसला प्रदान गर्न, साथै नकारात्मक पक्ष र नगर्नुपर्ने कुराहरूलाई निरुत्साहित पार्न वयस्क जमातले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

    बालबालिकाका अभिभावक र अन्य वयस्क मानिसहरू उनीहरूको अनुकरणीय व्यक्ति (रोल मोडेल) हुन सक्छन् । उनीहरूलाई प्रविधिहरू कसरी र कुन बेला प्रयोग गर्ने भन्ने कुरा सिकाउन प्रेरणादायी बनाउने जिम्मेवारी अभिभावक, शिक्षक र अन्य वयस्कहरूको हो ।

    त्यसैले बालबालिकालाई ‘यो गर्नुहोस्, यो नगर्नुहोस्’ भन्दै सिकाउँदा आफूले के गरिरहेको छु र कस्तो रोल मोडेल प्रस्तुत गरिरहेको छु भन्ने कुरा सोच्न आवश्यक छ । विशेषत: अभिभावक र वयस्कहरूले पनि आफ्नो दैनिकी जीवनमा प्रविधिलाई अत्यधिक प्राथमिकता नदिई अन्य आवश्यक गतिविधिहरूलाई उत्तिकै महत्व दिएर समय बाँड्न सके राम्रो उदाहरण प्रस्तुत गर्न सकिन्छ ।

    जब अभिभावकहरू बालबालिका भएको ठाउँमा किताब लिएर बस्छन्, बालबालिकाहरू पनि किताब लिएर पढ्न तयार हुन्छन् भन्ने कुरा अनुसन्धानहरूले देखाएको छ । तर अभिभावकहरू लामो समयसम्म प्रविधि प्रयोग गरेर बसिरहे भने बालबालिकाहरू पनि त्यस्तै गतिविधिमा लाग्ने देखिन्छ ।

    तसर्थ, जब वयस्क र अभिभावकहरू बालबालिकाको उपस्थितिमा अन्य विविध गतिविधिहरू गर्छन् र मोबाइल कम चलाउँछन्, बालबालिकाहरूले ती गतिविधिहरूको महत्व बुझ्छन् । त्यसैले हरेक घरमा अभिभावक र वयस्कहरूले घरमा रहँदा अत्यावश्यक कल बाहेक अन्य कुराका लागि मोबाइल वा अन्य प्रविधि नचलाउँदा बच्चाहरू पनि त्यही गतिविधि गर्न तयार हुन्छन् ।

    धेरैजसो अभिभावकहरू बालबालिका स्कुलबाट आएपछि ‘ल होमवर्क गर’ भन्छन् तर आफूचाहिँ मोबाइल चलाउने वा टीभी हेर्ने गर्छन् । यसले बालबालिकाको पढ्ने प्रेरणा कम गर्छ । तसर्थ बालबालिकासँग सधैँ गतिविधिहरूमा सहभागी भएर उनीहरूसँग अनुकरणीय व्यक्तिका रूपमा प्रस्तुत हुन आवश्यक छ ।

    अर्को महत्वपूर्ण कुरा, अभिभावक र वयस्कहरूले बालबालिकालाई आफू मोबाइलमा के गरिरहेको छु भनेर स्पष्ट पार्न सक्नु हो । यसो गर्दा बालबालिकाहरू पनि आफ्ना अभिभावक र वयस्कलाई आफू के गरिरहेको छु भनेर देखाउन प्रेरित हुन्छन् ।

    आजभोलि मोबाइल प्रयोग नगर्नु भन्दा पनि त्यसलाई कसरी प्रयोग गर्ने, कुन गतिविधिलाई प्राथमिकता दिने, के सही र के गलत भनेर छुट्याउने यी सबै कुरा सहीरूपमा सिकाउन र बाटो देखाउन सक्नुपर्छ । यसो गर्न सके बालबालिकालाई नराम्रो बाटोमा लाग्नबाट जोगाउनुका साथै सीप, ज्ञान र क्षमता वृद्धि गर्न सक्ने सक्षम नागरिकका रूपमा समाजमा बाँच्न प्रेरणा मिल्छ ।

    पछिल्लो अनुसन्धानअनुसार, बालबालिकाहरू २ वर्ष नपुगुन्जेल उनीहरूलाई मोबाइल अथवा टीभी जस्ता उपकरणहरू हेर्न वा प्रयोग गर्न नदिनु नै उत्तम हुन्छ । दुईदेखि ५ वर्षका बालबालिकालाई दैनिक १ घण्टा, ६ देखि १२ वर्षकालाई २ घण्टा, र १३ देखि १८ वर्षसम्मका बालबालिकालाई दैनिक ३ घण्टाभन्दा बढी प्रविधि प्रयोग नगर्न सुझाव दिइएको छ ।

    (प्रा.डा.थापा हाल स्वीडेनका विश्वविद्यालयमा प्राध्यापन गर्छन् । उनी नेपालस्थित अनुसन्धानात्मक संस्था निरी नेपालका बोर्ड मेम्बर र युरोपस्थित सोसाइटी अफ नेपलिज हेल्थकेयर प्रोफेसनल्स इन यूरोपका सह-अध्यक्ष हुन् ।)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.