निर्माण व्यवसायी संघ झापाले १८ औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र कनकाई नगरपालिका लक्ष्मीपुस्थित हिमाली आधारभूत विद्यालयमा अध्ययनरत अपाङगता भएका विद्यार्थीहरुलाई न्यानो ट्रयाकसुट वितरण गरेको हो ।
संघका अध्यक्ष रमेश अधिकारी, निवर्तमान अध्यक्ष मिलन बस्नेत, प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सहकोषाध्यक्ष सुरेन्द्र धिमाललगायत पदाधिकारी/सदस्यहरुले विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका थिए ।
अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा १६ र हिमाली आधारभूत विद्यालयमा २१ जनालाई ट्रयाकसुट वितरण गरिएको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।







