• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाको जिल्लास्तरीय खेलकुद प्रतियोगिता सम्पन्न


  •    संवाददाता/ आइतबार, मङि्सर १५, २०८२  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाद्वारा आयोजित जिल्लास्तरीय खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

    प्रतियोगिता मंसिर १२ र १३ गते कमल गाउँपालिकास्थित केर्खा खेल मैदानमा सम्पन्न भएको हो ।

    Advertisement

    प्रतियोगितामा प्याब्सन झापा अन्तर्गतका १५ वटा पालिकाबाट पालिका प्रथम भएर आएका विद्यालय बीच माध्यमिक तह कक्षा १० सम्मको छात्र-छात्रा भलिवल तथा कक्षा १२ सम्मको छात्र-छात्रा भलिवल खेल सञ्चालन भएको थियो ।

    Advertisement

    मावि तह कक्षा १० सम्मको छात्र भलिवल खेल तर्फ इन्सपायर अंग्रेजी विद्यालय दमक प्रथम, एभरेष्टभ्यू मेचीनगर द्वितीय, विद्योदय कनकाई र एस.एस.निकेतन भद्रपुर तृतिय भएका छन् ।

    त्यस्तै छात्रा तर्फ ग्लोबल एडुकेयर कनकाई प्रथम, प्रजिता दमक द्वितीय, माउण्ट एभरेष्ट गौरादह र लालिमा कमल तृतिय भएका छन् ।

    त्यसैगरी कक्षा १२ सम्मको छात्र भलिबल तर्फ निदी बिर्तामोड प्रथम, पशुपती कनकाई द्वितीय, सिद्धार्थ भद्रपुर र सिद्धार्थ दमक तृतीय भएका छन्

    त्यस्तै छात्रा तर्फ निदी बिर्तामोड प्रथम, रुपरत्न अर्जुनधारा द्वितीय, एस.एस निकेतन र सिद्धार्थ दमक तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

    प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता भएको प्रतियोगिता समापन समरोहमा नेपाली सेना सहायक रथी २१ नं.वाहिनी पति मनि कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए

    उक्त अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक सशस्त्र प्रहरी बल पाँडाजुगी झापाका रमेश कुमार पाण्डे, प्रनाउ इलाका प्रहरी कार्यालय दमक झापाका किशोर लम्साल, नेपाली सेना मेजर २१ नं.वाहिनी प्रकाश वाबु कार्की, प्याब्सन केन्द्रिय सल्लाहकार नारायणप्रसाद घिमिरे, केन्द्रिय सदस्य श्रवण पोखरेल, प्याब्सन कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डे, प्रदेश सचिव गौरीमान फागो, प्रदेश सदस्य भानु राजवशी, इष्टु झापा अध्यक्ष होमराज खतिवडा, जिल्ला सल्लाहकार प्रभु कुमार श्रेष्ठ, खेलकुद संयोजक अमृत कुमार तिम्सिना, जिल्ला पदाधिकारी, पालिका अध्यक्ष, खेलकुद समिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।

    खेलकुद कार्यक्रमा अतिथिहरुलाई प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.