• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन स्पोट्रस मिट: विविध विधामा उत्कृष्ट विद्यालयलाई पुरस्कार वितरण


  •    संवाददाता/ बुधबार, मङि्सर ०४, २०८२  

  • निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन झापा शाखा अन्तरगत बिर्तामोड नगर समितिले आयोजना गरेको प्याब्सन स्पोट्रस मिट आइतबार सम्पन्न भएको छ ।

    गत कार्तिक २८ गतेदेखि सुरु भएको स्पोट्रस मिटमा बिर्तामोड नगरभित्रका ३० वटा निजी तथा आवासीय विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा कक्षा ९ र १० तथा कक्षा ११ र १२ स्तरीय छात्र-छात्रा भलिबल, फुटबल, कराते, क्रिकेट र सटपुट गरी पाँच वटा इभेन्ट सञ्चालन गरिएका थिए ।

    Advertisement

    प्रतियोगिता अन्तरगत सटपुट प्रतियोगितातर्फ कक्षा १० सम्मका छात्र समूहमा ग्रीनफिल्ड मा.वि विजयी भयो भने इकम मा.वि दोस्रो र फन्मिन मावि तेस्रो स्थानमा रहेको थियो ।

    Advertisement

    त्यस्तै यसै विधामा कक्षा १० सम्मका छात्रा बीचको प्रतिस्पर्धामा भने एभरेस्ट स्मार्ट मा.विले पहिलो स्थान हात पार्यो भने सरस्वती मावि दोस्रो र देवकुल मा.वि तेस्रो बनेका छन् ।

    कराते काता छात्र समूह (कक्षा ९-१०) को प्रतिस्पर्धामा ग्लोरी माविले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हात पार्यो भने कञ्चनजङ्गा मा.वि दोस्रो र चिल्ड्रेन इन्भारोन्मेन्ट तथा कञ्चन मा.वि तेस्रो बनेका छन् ।

    त्यसैगरी कराते काता छात्रा (कक्षा ९-१०) समूहमा टावर टेम्पल पहिलो, एमइटी दोस्रो तथा कञ्चनजङ्गा र सरस्वती मावि संयुक्त रूपमा तेस्रो भएको छ ।

    कक्षा ८ सम्मका छात्र समूहको कराते काता प्रतियोगितामा कोहेड माविले पहिलो स्थान हासिल गर्यो भने एवाकस मावि दोस्रो र टावर टेम्पल तथा कृएटिभ मावि तेस्रो बनेको छ । छात्रातर्फ सोही कक्षा समूहमा विष्णु भगवती विद्यालय पहिलो, इकम मावि दोस्रो र कञ्चन मा.वि तथा कञ्चनजङ्गा मावि संयुक्त रूपमा तेस्रो स्थानमा रहेका थिए ।

    भलिबलतर्फ कक्षा ११-१२ का छात्र समूहमा निधि माविले उपाधि हात पार्दै प्रथम भयो । इकम मावि दोस्रो र बाल्मीकि मावि तेस्रो स्थानमा रह्रयो । त्यसैगरी कक्षा १० सम्मका छात्रा भलिबल प्रतियोगितामा लिटल फ्लावर मावि विजेता घोषित भयो भने गोमेन्द्र मावि दोस्रो र टावर टेम्पल मावि तेस्रो बनेको छ ।

    त्यस्तै कक्षा १० सम्मका छात्र समूहको भलिबलतर्फ कञ्चनजङ्गा माविले उपाधि जित्यो । वेल्स मोडल मावि दोस्रो र गोमेन्द्र मावि तेस्रो भएको छ । कक्षा ११-१२ छात्रा समूहको भलिबलमा निधि मावि पहिलो, गोबेन्द्र मावि दोस्रो तथा कञ्चनजङ्गा मावि तेस्रो बनेको छ ।

    यसैगरी क्रिकेटमा न्युटन्स एजुकेसन फाउन्डेसन प्रथम भयो भने निधि माध्यमिक विद्यालयले दोस्रो स्थान हात पारेको छ ।

    त्यस्तै फुटबलतर्फ टावर टेम्पल प्रथम, कञ्चन बोर्डिङ स्कुल दोस्रो र एभरेस्ट स्मार्ट स्कुल तेस्रो भएको छ ।

    बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि शिक्षा शाखा प्रमुख भण्डारी, झापा जिल्ला प्याब्सनका अध्यक्ष छत्र कार्की, बिर्तामोड नगरपालिका वडा नं.४ का अध्यक्ष राहुल शर्मा लगायतले आ-आफना धारणा राखेका थिए ।

    समापन समारोहमा प्रमुख अतिथि तिलचन भण्डारी, प्याब्सन झापा अध्यक्ष छत्र कार्की, वडाध्यक्ष राहुल शर्मा तथा खेलकुद संयोजक अमृतकुमार तिम्सिना लगायतले विजेता तथा उपविजेता टिमहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.