• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य


  •    संवाददाता/ शुक्रबार, कार्तिक २२, २०८२  

  • चिकित्सकले निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने बताएका छन् ।

    समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिइएको हो ।

    Advertisement

    तिलगंगा आँखा प्रतिष्ठानमा बिहीबार आयोजित ‘मधुमेहले आँखामा पार्ने असर तथा नवजात शिशुमा हुने आँखाको पर्दासम्बन्धी समस्या’बारे सञ्चारकर्मीसँग अन्तरक्रियामा आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा.इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र ‘आरओपी’ को परीक्षण अनिवार्य रहेको र समयमै उपचारले जीवनभरको दृष्टि हानि हुनबाट बचाउन सकिने बताइन् ।

    Advertisement

    डा.प्रधानका अनुसार, विश्वभर प्रत्येक १० मध्ये एक शिशु समयअगावै जन्मिन्छ र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । डा.प्रधानले ९ महिना नपुगी जन्मिएको, दुई किलोभन्दा कम तौल भएको, नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)मा धेरै दिन भर्ना गरेर राखेको बच्चामा आँखाको उक्त समस्या हुन सक्ने जानकारी दिइन् ।

    यसैगरी आँखा रोग विशेषज्ञ (भिट्रो रेटिनल सर्जन) डा.रबा थापाले मधुमेहले आँखामा पार्ने असर (डाइबेटिक रेटिनोप्याथी)बारे चर्चा गर्दै मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउँदै डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.