२३ असोज, बिर्तामोड । जेन्जी आन्दोलनबाट क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका वडा नं २ को भवनलाई वडाभित्र सञ्चालित रहेका उद्योगहरूले सहयोग गरेका छन् । दशैं अगावैदेखि वैकल्पिक रुपमा व्यवस्थापन गरी वडाले आफ्ना काम कारबाहीलाई सुचारु गरेको थियो। दशैं पछाडि भने वडा भित्र संचालित उद्योगहरू वडामा आएर आफै हामी उद्योगीहरूको तर्फबाट वडालाई पुनस्थापनाका निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै वडाले उद्योगहरुलाई आफूले आफू खुसी रुपमा सहयोग गर्न सकिने वडा अध्यक्ष किशोर कुमार पौडेलले जानकारी दिए।
जिन्जी आन्दोलनका नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलन बाट वडाका सामग्रीहरू जलेका थिए र धेरै सामग्रीहरु तोडफोड भएको बताइएको छ । वडामा रहेका कम्प्युटर प्रिन्टर कागजपत्र टेबल कुर्सी पङ्खा,एसी लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको वडा सचिव हिमा पोखरेलले जानकारी दिइन् ।
वडा अध्यक्ष पौडेलका अनुसार वडामा क्षति भएका सामग्रीलाई पुनः खरिद प्रक्रिया अगाडि बढाउन समय लाग्ने भएको कारणले गर्दा स्थानीय ठाउँमा वार्ड नं २ भित्र सञ्चालित रहेका उद्योगधन्दाहरुले वडालाई पुनस्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार आजबाट सो रकम संकलन सुरु गरिएको बताएका छन् । जस अनुसार आज बिहीबार २ लाख ५५ हजार सहयोग प्राप्त भएको पौडेलले बताए ।







