नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको आयोजनामा एक दिने शैक्षिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अष्ट्रेलियाका विश्वविद्यालय तथा त्यसको शैक्षिक नीतिका विषयमा इक्यान झापामा आवद्ध रहेका शैक्षिक परामर्श व्यवसायीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।
गुणस्तरीय शिक्षाका लागि भन्दै पछिल्लो समय अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीहरु बढी रहेका बेला त्यसको शैक्षिक अवस्थाका लागि विद्यार्थी कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका प्रथम केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र) को प्रमुख आतिथ्य रहेको थियो ।
उनले प्रशिक्षणको सहजिकरण समेत गरेका थिए । अष्ट्रेलिया अध्ययनका लागि जान चहाने विद्यार्थीले पुरा गर्नुपर्ने मापदण्ड, शैक्षिक योग्यता लगायतका विषयमा प्रकाश परेका थिए ।
कार्यक्रममा मनिष पौडेलले सहभागिहरुलाई प्रशिक्षण दिँदै अष्ट्रेलियाको शैक्षिक अवस्था, नेपालबाट गरिने प्रक्रिया, त्यहाँ पुगेर विद्यार्थीले गर्नुपर्ने अन्य काममा विषयमा प्रष्ट पारेका थिए । अष्ट्रेलियाको शैक्षिक नीतिका विषयमा जानकारी दिदैं त्यहाँ विद्यार्थीले पलना गर्नुपर्ने नियमका विषयमा यहाँ नै जानकारी दिनुपर्ने उनको भनाइ छ ।
इक्यान झापाका उपाध्यक्ष राजकुमार कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए ।







