विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा नेपालले आफ्नो स्थान यथावत् राखेको छ ।
फिफाले बिहीबार अद्यावधिक गरेको पुरुष फिफा वरीयतामा नेपाललले १७६औँ स्थान कायम राखेको हो ।
दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । एक स्थान घटुवामा परेको भारत विश्व वरीयतामा १३५ औँ स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ । माल्दिभ्सले पनि १७१ औँ स्थान कायम छ ।
Advertisement
फिफाको नयाँ वरीयतामा स्पेन भने एक स्थान बढुवा हुँदै पहिलो स्थानमा उक्लिएको छ । फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ । यसअघि पहिलो स्थानमा रहेको अर्जेन्टिना दुई स्थान घटुवा हुँदै तेस्रो स्थानमा झरेको छ ।







