नाबालक देखी अर्ध सक्षम देखि सावालक समेत समाबेश उमेर समुहका गैर दलिय स्वस्फुर्त भएको युवाहरुको आन्दोलन लाई जेन जि आन्दोलन बुझेका छोै । २०८२ भाद्रको तेस्रो साताका २३ र २४ गते काठमाण्डौ केन्द्र आन्दोलन २३ गते सरकारको दमन, सरकारको कमजोर आँकलन बाट नियन्त्रणको लागी भएको अन्तिम प्रयास परिणाम कै नतिजा । दोस्रो दिन २४ गते आन्दोलन बदला र आक्रोसमा केन्दित रहयो । यस बाट धेरै मनबिय ,भौतिक,सामाजिक तथा आथिर्क क्षतिभएका छन् । बिद्रोह र प्रति कान्तिको बिबिध सकारात्मक र नकारात्मक पक्ष छन्, यसका असरहरु बिस्तारै क्रमस देखिदै छन् अझ देखिदै जानेछन् ।
जेन जि आन्दोलनका मुख्य मागहरु सुरुवातमा निम्न दुई थिए ।
– भ्रष्ट्राचार बिरुद्रको अभियान (नाताबाद, नेता र नेताका छोरा छोरीको बिलासि जिबन,अवसर र समानता)
– प्रत्यक्ष कार्यकारी निर्वाचीत हुने प्रणाली
जेन जि आन्दोलनका मुख्य समस्याहरुमा मुख्यरुपमा प्रस्ट लक्ष्य ,धारणा, नीति र योजना नहुनु ,खुल्ला र प्रष्ट नेतृत्वको अभाव, स्वार्थ समुहले अपनत्व लिन गरेको दबाव र प्रभाव,घुस पैठ र नकारात्मकता पैmलाउने समुह हाबि हुनु ,कानुनी र संबैधानीक जटिलता रहेका छन् ।
जेन जि आन्दोलनदलाई प्रभाव पार्न चाहानेहरु मुख्य रुपमा परम्परागत पार्टि तथा अधुनीक नयाँ हु भन्ने पार्टीहरु, अभियानता हु भन्ने स्वधोषित अभियानताहरु ,स्वधोषित सक्षमकार हरु, अवसर बादीहरुले प्रभाबित पारेका छन् ।
संबिधान आफैमा एक गतिशिल बिषय हो ,यो देश ,जनता, बिश्व परिबेस को ईच्छा चाहाना आवस्यकता अनुसार परिर्वतन भै रहने कुराहो । हाल बिश्वमा पनि बिभिन्न देशमा बिभिन्न प्रकारका संबिधान कार्यान्वयनमा छन् । नरम÷लचिलो संबिधान, कडा संबिधान, राजतन्त्रात्मक संबिधान, गणतन्त्रात्मक संबिधान,एकात्मक संबिधान र संधात्मक संबिधान इत्यादी । जेन निज आन्दोलनदलाई सहज निकास दिन संबिधान संसोधन , प्रत्यक्ष कार्यकारी निर्वाचीत हुने प्रणाली प्रम र राष्ट्रपति एक पटक मात्र, मन्त्रि र संसद दुई पटक मात्र,स्थानीय तह, प्रधानमन्त्रि, मन्त्रिको शैक्षिक योग्यता,गैर संसदिय मन्त्रिमण्डल, एक व्यक्ती एक पद (हाल एक व्यक्ती प्रम हुने , पार्टि प्रमुख हुने र संसद हुने कारण र ब्यवस्थाले उ कुनै एक ठाउँमा पुर्ण रुपमा काम गर्न नसक्ने र नतिजा दिन नसक्ने अवस्था हो। )
निष्कर्षमा यति मात्र गर्न सकियो भने जेन जि पुस्ताहरुको अधिकाँस माग सम्बोधन गर्न सकिन्छ , सकारात्मकताको कामना सहित सबै लाई समृद्घ, समुन्नत ,असल,सफल नेपालको शुभकामना जय देश, जय राष्ट्र ।







