• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उद्योग, व्यापार क्षेत्रलाई विवादरहित बनाउन जोड


  •    संवाददाता/ शुक्रबार, फागुन २१, २०७७  

  • बिर्तामोड। उद्योग, व्यवसाय तथा श्रम क्षेत्रमा उत्पन्न हुने विवाद तथा समस्यालाई आपसी छलफल र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    संवाद समूह झापाको संयोजनमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं। १ र व्यापार क्षेत्रमा काम गर्ने श्रमिक कामदारहरुको हितमा क्रियाशील अन्तर्राष्ट्रिय ट्रेड युनियन ‘युएनआई ग्लोवल युनियन’सँग आबद्ध युनिकम नेपालबीच भएको छलफलमा त्यस्तो बताइएको हो ।

    Advertisement

    छलफलका सहभागीले उद्योगी व्यवसायी तथा आबद्ध श्रमिक कामदारको दुईपक्षीय हितलाई सर्वोपरी ठानी सुमधुर सम्बन्ध स्थापित गर्दै आउन सक्ने विवादलाई संवादका माध्यमबाट समाधान गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । त्यसका लागि महासंघ र युनिकम नेपालबीच सम्झौता गरेर अघि बढ्ने बताइएको छ ।

    Advertisement

    उद्योग व्यापार क्षेत्रमा धेरैखाले विवाद आउने गरेको र त्यसमा पनि श्रम सम्वन्धी विवादका कारण ठूला समस्या आउने गरेकालाई अब उक्त क्षेत्रलाई विवादरहित बनाउन अग्रसर हुनुपर्ने बताइएको छ ।

    महासंघ प्रदेश नं। १ का अध्यक्ष टिकाराज ढकालले उद्योग, व्यापार क्षेत्रलाई विवादरहित बनाउँदै व्यवसायमैत्री वातावरण निर्माणका लागि युनिकमसँग सहकार्य गरेर जाने बताउनुभयो।

    युनिकमका राष्ट्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले दुईपक्षीय हितका लागि सम्झौता गरेर अघि बढ्ने प्रस्ताव राख्नुभएको थियो । महासंघका अध्यक्ष ढकालले उक्त प्रस्ताव स्वागतयोग्य भएको भन्दै सहकार्यका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

    युनिकमका अध्यक्ष पौडेलले देशव्यापीरुपमा श्रम क्षेत्रको विवाद समाधानका लागि सामाजिक संवादको माध्यमबाट अघि बढ्न लागिएको जानकारी दिनुभयो । यस कार्यले उद्योगी, व्यवसायीका साथै आबद्ध कामदार श्रमिकको हित हुने उहाँको भनाइ छ ।

    छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश महासंघका सल्लाहकार उमेश डालमिया, महासंघ प्रदेश नं। १ का कार्यकारिणी सदस्यहरु कुमार भट्टराई, भुपाल कटुवाल, कुमारमणि पोखरेल, विनोद बस्नेत, पशुपति बराल, दिपक पाण्डे, भेषराज भण्डारी (प्रशान्त०)ले व्यापार क्षेत्रमा उत्पन्न हुने श्रम विवादलाई समाधान गर्न युनिकमसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    बिर्तामोड उद्योग वाणिज्य संघले गत पुस ४ गते युनिकमसँग सम्झौता गरी श्रम विवाद समाधानको अभ्यास शुरु गरिसकेको छ । उक्त कार्य प्रभावकारी भएको सम्बद्धहरुले बताएका छन् ।

    छलफलमा युनिकमका केन्द्रिय सदस्य श्याम खड्गी, जिल्ला अध्यक्ष कृष्ण पोखरेल, पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई लगायतले धारणा राखेका थिए ।

    उक्त अवसरमा संवाद समूह र युनिकम नेपालले झापाबाट प्रतिनिधित्व गर्ने महासंघमा निर्वाचित अध्यक्ष तथा कार्यकारिणी समितिलाई स्वागत समेत गरिएको संवाद समूहकी कमला भट्टराईले बताउनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.