अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका छ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गरेका छन् ।
उनले चीनसँगको सम्बन्ध आउँदा दिनमा थप बलियो हुने विश्वास व्यक्त गरेको फक्स न्यूजले जनाएको छ । अहिले दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकामा अध्ययन गरिरहेका छन् ।
चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ विद्यार्थीको अमेरिका प्रवेशाज्ञालाई लिएर अब अमेरिकाले चिनियाँ विद्यार्थीलाई भिसा दिँदैन भन्ने खालको अफवाह फैलिएको बताए ।
Advertisement







