• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको उपाधि प्रथम र रिस्तालाई


  •    संवाददाता/ आइतबार, भदौ ०८, २०८२  

  • मेरो भ्वाइस युनिभर्स सिजन-२ को उपाधि प्रथम गुरुङ र मेरो डान्स युनिभर्स सिजन-२ को उपाधि रिस्ता गुरुङ जितेका छन् ।

    इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन-२ को ग्राण्ड फिनालेमा दुवै जनालाई सर्वाधिक भोटका आधारमा विजेता घोषणा गरिएको हो ।

    Advertisement

    विजेताले जनही एक करोड नगद पुरस्कारसहित २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् । मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले २५ लाख नगदसहित सिटिजन्स लाइफबाट २० लाख बराबरको जीवन बिमा प्राप्त गरेकी छन् ।

    Advertisement

    सेकेन्ड रनरअप भई सीतु महर्जनले १० लाखसहित सिटिजन्स लाइफबाट ५ लाख बराबरको जीवन बिमा प्राप्त गरेकी छन् । थर्ड रनरअप सुरज सिंजाली मगरले छ लाख नगदसहित सिटिजन्स लाइफबाट १० लाख बराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले पाँच लाख नगद, सिटिजन्स लाइफबाट १० लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन् । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद चार लाख र सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बिमा प्राप्त गरेका छन् ।

    यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले २५ लाख नगदसहित २० लाख बराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले १० लाख र १५ लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन् । थर्ड रनरअप वाङ्गे गुरुङले छ लाख र सिटिजन्स लाइफबाट रु १० लाख बराबरको जीवन बिमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले पाँच लाख नगद, १० लाख बराबरको बिमा तथा फिप्थ रनरअप दीपराज राईले नगद चार लाख तथा सिटिजन्स लाइफबाट रु १० लाख बराबरको बिमा प्राप्त गरेका छन् ।

    कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले रु १५ लाख प्राप्त गरेको छ।

    त्यसैगरी युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भइ १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई तीन लाख पुरस्कार प्राप्त गरेको छ।

    विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.