• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तीजको बदलिँदो रूप : परम्परा र सामाजिक सशक्तिकरणको मेल


  •    अस्मिता साँखी / मङ्गलबार, भदौ ०३, २०८२  

  • सांस्कृतिक विविधताले भरिएको नेपाली समाजमा चार्ड पर्व, जात्रा र उत्सवहरूको कमी छैन । विशेषगरी नेपाली महिलाहरूले मनाउने यस्तै उत्सव हो ‘तीज’ । नेपाली सांस्कृतिक क्यानभासमा पोतिएका अनेक रङ्गहरूमध्ये एउटा उज्यालो सुनौलो रङ्ग हो तीज पर्व, जहाँ श्रद्धा, भक्ती, प्रेम, सामूहिकता र चेतनाको सन्देश पोतिन्छ ।

    परम्परा देखि धार्मिक अनुष्ठान यसको एउटा पाटो हो, तर यसको अर्को सामाजिक पाटो झन बलियो छ । हालको परिवेशमा त झन् यो पर्वले महिलाहरूको आत्मबल, एकता र परिवर्तनको आवाज बोकेको छ । देवी पार्वतीले भगवान शिवलाई पतिका रूपमा प्राप्त गर्न गरेको तपस्या, प्रेम र समर्पण यसको पौराणिक कथा हो । नेपाली महिलाहरूले आफ्नो परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्छन् र धार्मिक विधि पालना गर्छन् । साथै रातो पहिरनमा  सजिएर आफ्नो सौन्दर्य झल्काउने अवसरको रूपमा पनि तीजलाई प्रयोग गर्छन् ।

    Advertisement

    आजको तीज धार्मिक आस्था र अनुष्ठानमा मात्र सिमित छैन, यो त परिवर्तनको बिगुल फुक्ने सामाजिक अभियान पनि बनेको छ । तीजमा गाइने गीतहरूले नेपाली समाजमा महिलाहरूका पीडा, अनुभव र भविष्यका योजना सुनाउँछन् । नृत्यहरूले सामाजिक विकृतिमाथि प्रहार गर्छन र महिला सशक्तिकरणका साथै आत्मबलको पनि सन्देश दिन्छन् ।

    Advertisement

    घरेलू हिंसाबाट पीडित महिलाहरूका पक्षमा होस्, या दाइजो प्रथाको पीडाको विषयमा या त असमानता विरुद्धको प्रहारमा, तीजले आफुलाई  एक सशक्त माध्यमको रूपमा उभ्याएको छ । तीजमा खाईने दरले दिदीबहिनीहरू बीचको आत्मीयता, एकता र घुलमिलको अवसर सिर्जना गर्छ । सँगै हाँस्ने, रमाउने र सुख-दुख बाँड्ने मेलो पनि मिलाउँछ । तीजको व्रतले धार्मिक आस्था त झल्काउँछ नै महिलाहरूमा आत्मानुशासनको भाव पनि जागृत गराउँछ ।

    तीज एक परम्परागत चाड मात्र नभई, महिलाहरूको आत्मबल, एकता र सामाजिक चेतनाको समिश्रण पनि हो । नेपाली मौलिक संस्कृतिको निरन्तरताले विश्वमा आज हामीले आफ्नो पहिचानको दायरालाई अझ फराकिलो पार्न पाएका छौं । तीज मनाउने क्रममा पछिल्लो समयमा देखिएका केही विकृतिहरूलाई सुधार्दै जाने हो भने, तीजको उत्सव अब लैंगिक समानता, शिक्षा, स्वास्थ्य, महिला मुक्ति र शक्तिको एक सशक्त अभियान पनि बन्न सक्छ ।

    निष्कर्षमा, तीजलाई सांस्कृतिक पर्व मात्रै नभनी, सामाजिक चेतना र नारी शक्तिको एक सुमधुर गीतका रूपमा गाऔँ, परिवर्तनसँगै अनुशासनको आकर्षक नृत्यका रूपमा नाचौँ । वर्तमानमा उत्सव  र भविष्यको आशासँगै सबैले मनाऔँ । तीजको शुभकामना !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.