छोरीको सम्झानामा बुबा टेकबहादुर बर्देवाले अनाथ आश्रमका बालबालिकालाई खाद्यन्न सामग्री सहयोग गरेका छन् ।
मेचीनगर नगरपालिका-११ नम्बर वडा कार्यालयमा चौकीदार गर्ने टेकबहादुर बर्देवाकी छोरी सुस्मिता बर्देवाको बोनम्यारो रोगका कारण २४ वर्षकै उमेरमा गत असार ११ गते निधन भएको थियो ।
वडा नम्बर ११ स्थित मंगली चोक निवासी सामान्य परिवारका टेकबहादुरले छोरीको सम्झनामा आइतबार मेचीनगर-७ को समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका बालबालिकाहरुलाई चार बोरा चामल, पाँच केजी दाल र बिस्कुट सहयोग गरेका थिए ।
Advertisement
समितिका उपाध्यक्ष गंगा संग्रैलाले सामान्य परिवारका मनकारी टेकबहादुरले छोरीको स्मृतिमा आश्रमका अनाथ, बेसहारा र अपाङ्गता भएका बालबालिकाहरुलाई गरेको सहयोग अपूरर्णिय रहेको बताए ।







