• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा १६ बर्षीया बालिकाको पेटमा ७ महिनाको गर्भ, ‘जक’ आरोपी फरार


  •    संवाददाता/ सोमबार, साउन २७, २०८२  

  • २६ साउन, बिर्तामोड । जवरजस्ती करणीबाट ७ महिनाको गर्भ बसेपछि झापामा एक बालिकाको बिचल्ली भएको छ । झापा गौरादह – ९ झमक चोक क्षेत्रमा बसोबास गर्ने एक १६ वर्षीया बालिकाको गर्भमा ७ महिनाको बच्चा हुर्किरहेको पारिवारिक स्रोतले जनाएको छ ।

    आफन्तको घरमा बसेर पढिरहेकी बालिकालाई एक राई थरका ५३ वर्षीय छिमेकीले जवरजस्ती करणी गरेपछि बालिका गर्भवती भएको परिवारले जनाएको छ । बालिकाले छिमेकी राईबाट पटक–पटक बलात्कृत भएको परिवारलाई जानकारी दिएकी थिइन् ।

    Advertisement

    राईविरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा गत जेठ २८ गते जवरजस्ती करणीमा मुद्धा दर्ता भएको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले राई विरुद्ध जवरजस्ती करणी मुद्धा दर्ता भएको जानकारी दिए । उनका अनुसार राईको खोजी जारी रहेको छ ।

    Advertisement

    छिमेकी राईले बालिकालाई पटक–पटक डरधम्की देखाएर करणी गरेको एक भिडियो संवादमा सार्वजनिक गरेकी छन् । उनले करणी गरेको विषयमा कसैलाई जानकारी गराएमा मार्ने धम्की दिएको बताइन् । डरधम्कीबाट त्रसित बालिकाले आफूमाथि करणी भएको विषय परिवारलाई समेत लुकाएकी थिइन् । महिनावारी नभएको आफन्तले थाहा पाएपछि बालिकालाई सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।

    अब २ महिनामा बच्चा हुन्छ, बालिकामाथि करणी गर्ने फरार छन्, उनका आफन्त भन्छन् – अन्यायमा परेको बालिकालाई न्याय दिलाइदिनुहोस् ।

    जवरजस्ती करणीको घटना थाहा पाएपछि परिवारबीच छलफल समेत भएको बुझिएको छ । छलफलबाट घटनालाई सामसुम बनाउने प्रयास गर्दागर्दै जवरजस्ती करणी गर्ने व्यक्ति फरार भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.