झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हल्दिबारीको एक सामुदायिक विद्यालयलाई पंखा हस्तान्तरण गरेको छ ।
संस्थाले हल्दिबारी-५ स्थित धनुषा आधारभूत विद्यालयलाई बिहीबार छ थान सिलिङफेन हस्तान्तरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ओमराज राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने रहेका थिए ।
संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयलाई सहयोग गरिएको बताए । उनले विगतका वर्षहरूदेखि नै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि संस्थाले विभिन्न सामग्रीहरु हस्तान्तरण गर्दै आएको बताउँदै उनले गर्मीको समयमा विद्यार्थीको सहजताका लागि संस्थाले पंखा सहयोग गरेको बताएका छन् ।
पंखा हस्तान्तरण कार्यक्रममा सिम्रिक साकोसका जनसम्पर्क प्रमुख विजय बस्नेत, आइटी सहायक विजय पाण्डे, बिर्तामोड उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष युवराज निरौला, हल्दिबारी गाउँपालिका शिक्षा शाखाका सुमन चौधरी लगायतको उपस्थिति थियो ।
विद्यालयका प्रधानाध्यापक सन्तबहादुर बजिहाङले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, संस्थाका अध्यक्ष सुवास भट्टराई लगायतले मन्तव्य राखेका थिए ।







