• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गाउँपालिका अध्यक्षको पारिश्रमीक असहाय र अपाङ्ग बालबालिकालाई


  •    संवाददाता/ बिहिबार, साउन २३, २०८२  

  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले आफूले पाउने पारिश्रमीक असहाय र अपाङ्ग बालबालिकाका लागि खर्च गर्ने भएका छन् ।

    उनले प्रदेश सरकारले निर्दिष्ट गरेबमोजिमको मासिक सेवा सुविधा बापत हालसम्मको साढे १५ लाख रुपियाँ बढि खर्च गर्ने भएका हुन् ।

    Advertisement

    अध्यक्ष लिम्बुका अनुसार अहिलेसम्मको उक्त पारिश्रमीक बापतको रकम फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसन नामको संस्था स्थापना गरी सो संस्थाको खातामा जम्मा गरिएको छ । उनले प्राप्त गर्नुपर्ने मासिक सुविधा वापत हालसम्म १५ लाख ५९ हजार नौ सय २० रुपियाँ रकम रहेको छ ।

    Advertisement

    उक्त रकम पालिका भित्र रहेका अभिभावकविहीन, असहाय र अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि खर्च हुने भएको छ । यसलाई पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    २०७९ सालको स्थानीय तहको निर्वाचनमार्फत अध्यक्षमा निर्वाचित पालिका अध्यक्ष लिम्बूले निर्वाचनताका आफूले निर्वाचन जिते आफूले मासिक पारिश्रमिक नलिने घोषणा गरेका थिए । सोही प्रतिबद्धता अनुसार पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म पाउनुपर्ने मासिक पारिश्रमिक वापतको रकम अभिभावकविहीन, असहाय र अपाङ्गता भएका बालबालिकाहरूलाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति बनाई चालु आर्थिक वर्षबाट नै सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.