• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरमा दुई जनामा जापानीज इन्सेफलाइटिस पुष्टि


  •    संवाददाता/ आइतबार, साउन १२, २०८२  

  • मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ ।

    नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर-३ र ५ नम्बर वडाका एक-एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् ।

    Advertisement

    मेचीनगर-३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा नम्बर ३ का महिलालाई जुलाई १ तारिख र अर्की महिलालाई १४ जुलाईमा उक्त संक्रमण भएको थियो । उनीहरुलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिएको थियो ।

    Advertisement

    स्वास्थ्य शाखाका अनुसार महिला उपचारपछि घर फर्किएका छन् भने महिलाको उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य हुँदै गएका गएको छ ।

    आज नगरपालिकामा स्वास्थ्य शाखाको बैठकमा डब्ल्यूएचओकी काठमाडौँ प्रतिनिधि डा.सोनिया भगतले उक्त रोगको संक्रमण पुष्टि भएको बताएकी थिइन् ।

    डा.भगत, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, प्रादेशिक अस्पताल भद्रपुरकी डा.संगीता साहले यसको लक्षण र बच्ने उपायका बारेमा समुदायमा सचेतना गर्नु पर्ने आवश्यक रहेको बताएका थिए ।

    उक्त छलफलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले यो रोगको संक्रमण हुन नदिन स्वाथ्यकर्मीहरुलाई घर-घरमा पुगेर जनतालाई सचेतना र संक्रमणको लक्षण देखा परे समयमा नै स्वास्थ्य केन्द्र र नगर अस्पतालमा उपचार गराउन अनुरोध गरेका थिए । संक्रमणको अवस्था जटिल बने डाक्टरहरुको सल्लाहमा प्रादेशिक अस्पताल भद्रपुरमा व्यवस्था मिलाउन समन्वय गरिने उनीहरुको भनाई छ ।

    छलफलमा ३ नम्बर वडाका वडाध्यक्ष हर्कबहादुर वस्नेत, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, पशु शाखा, कृषि शाखा लगायतका स्वास्थ्यकर्मीहरुले संक्रमणबाट बच्न, रोकथाम गर्न तीन तहको सरकारको ध्यानाकर्षण हुनु पर्ने बताएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.