• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीमा संस्कृत भाषा सिकाई तालिम


  •    संवाददाता/ शनिबार, साउन ०४, २०८२  

  • संस्कृत भाषा संरक्षण र प्रवर्द्धनका लागि झापाको शिवसताक्षीमा १५ दिने आवासीय संस्कृत भाषा सिकाई तालिम सुरु भएको छ ।

    गोलोक गोवर्धन गौशाला र श्री शताक्षी संस्कृत गुरुकुलको संयुक्त आयोजनामा शताक्षीधामस्थित गौशालाको सभा हलमा शनिबारदेखि तालिम सुरु भएको हो ।

    Advertisement

    हराउँदै गएको संस्कृत भाषालाई जगेर्ना गर्न र नयाँ पुस्तामा यसको ज्ञान विस्तार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ । तालिम साउन १७ गते समापन हुने छ ।

    Advertisement

    उक्त तालिमको सहजीकरण समीक्षा सुवेदीले गरिरहेकी छन् । तालिममा श्री शताक्षी संस्कृत गुरुकुलका ४१ जना र सरस्वती कन्या गुरुकुल माईधारका ११ छात्रासहित ५५ जना छात्रछात्राको सहभागिता रहेको छ ।

    तालिमको उद्घाटन अमेरिकाबाट आएका आचार्य पण्डित बिदुरप्रसाद दाहालले गरेका थिए । उद्घाटन मन्तव्यमा उनले संस्कृत भाषा मानव सभ्यताको मूल भाषा भएको उल्लेख गर्दै यसको उत्पत्ति र ऐतिहासिक पक्षबारे प्रकाश पारे । उनका अनुसार संस्कृत भाषा वैदिक युगमै अस्तित्वमा आएको हो र यो ब्रह्माको मुखबाट उत्पत्ति भएको धार्मिक मान्यता रहेको छ ।

    कार्यक्रममा गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य श्री नन्दकिशोर जी महाराज, युरोप, नेपाल, भारत र भुटानमा ख्यातिप्राप्त पण्डित कुबेर सुवेदी, नेपाल-भारत हिन्दु महासङ्घका केन्द्रीय प्रवक्ता आचार्य पण्डित घनश्याम खनाल, भुवनेश्वरी दाहाल लगायतले संस्कृत भाषालाई व्यवहारिक स्तरमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

    उक्त कार्यक्रमको सञ्चालन आचार्य पण्डित मदनमोहन अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.