झापा । पूर्वको पशुपतीनाथको रुपमा चिनिने झापाको अर्जुनधाराधाममा यसबर्ष पनि महाशिवरात्री पर्वको अवसर पारेर “एक साँझ शिवको माझ” बिशेष त्रिदिवसीय कार्यक्रमहरु हुने भएका छन् ।
आगामी फागुन २५ गतेदेखि २७ गतेसम्म आयोजना गरीने कार्यक्रममा एकल ताण्डव नृत्य , एकल भजन गायन प्रतियोगीता लगायता यज्ञ, पूजा , पाठ , हवन , रुद्राभिषेक , प्रवचन , भजन–किर्तन गरीने धाम परीसरमा बुधबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रदेश १ मै पहिलोपटक आयोजना गरीने एकल ताण्डव नृत्यका बिजयीहरुलाई क्रमशः ५१ हजार , ३१ हजार र २१ हजार रुपैयाँ र एकल भजन गायनका बिजयीहरुलाई ३१ हजार , २१ हजार र ११ हजार रुपैयाँ प्रदान गरीने सांसकृतिक कार्यक्रमका संयोजक देवि भक्त श्रेष्ठले जानकारी दिनुभयो ।
फागुन २५ गते समुद्घाटन हुने त्रिदिवसीय कार्यक्रमको दोश्रो दिन पूजा , पाठ , हवन , रुद्राभिषेक तथा तेश्रो दिन धार्मिक प्रवचनका साथै भक्तजनद्धारा पूजा आरधना ,श्रद्राभिषेक श्रृंगार आरती आदि गरीने धामका मूलबाचक अग्निप्रसाद सिग्देलले बताउनुभयो ।
करीव ५० हजार भक्तजनको उपस्थिती रहने अनुमान गरीएको कार्यक्रममा ५ लाख अनुमानीत लागत लाग्ने अर्जुनधाराधाम समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिनुभयो ।
धामको बृहत्तर बिकाश तथा बिभिन्न संरचना निर्माणका लागी आवश्यक जग्गा खरीदका लागी भुमिदान महाअभियानको कार्यक्रम समेत सञ्चालन भईरहेको उहाँले बताउनुभयो ।
समितिका अध्यक्ष गट्टानीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव शिवलाल खतिवडाले गर्नुभएको थियो।







