त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन् ।
त्रिविको ६६ औं वार्षिकोत्सवमा बोेल्दै उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन लागेको बताए ।
रजिस्ट्रार केदारप्रसाद रिजालले देशकै ठूलो विश्वविद्यालयको भौतिक संरचना सुधारको आवश्यकता रहेकोमा जोड दिए ।
Advertisement
त्रिविले आफ्नो वार्षिकोत्सव शुक्रबार सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा मनाएको छ ।







