नयाँ भेरिएन्ट फैलिएयता झापामा कोरोना संक्रमणबाट १२ जना संक्रमित भएका छन् । त्यसमध्ये सबैभन्दा बढी बिर्तामोडका रहेका छन् ।
हालसम्म ६ महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार बिर्तामोडका चार, मेचीनगर, कन्काई, शिवसताक्षी, भद्रपुर, बुद्धशान्ति, दोलखा र इलामका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पहिलो पटक गत जेठ ११ गते बिर्तामोड-५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट फैलिएयता कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।
यसैबीच झापामा यही असार २२ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।
असार २२ देखि ३१ गतेसम्म जिल्लाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । उनले फाइजर खोप लगाइने जानकारी दिए । प्रतिदिन दैनिकबाट







