• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्ररत्न माविद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई


  •    संवाददाता/ सोमबार, असार १६, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण अर्थात् ग्रेडेड विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

    बिर्तामोड नगरपालिका-३ मा अवस्थित विद्यालयको नमुना भवनमा भएको कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण हुने र उच्च जीपीए प्राप्त गर्ने विद्यार्थी र तिनका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं.३ का वडाध्यक्ष मदन बुढाथोकी, विद्यालय व्यवस्थापन समिति सदस्य श्रीप्रसाद न्यौपाने, नेत्रप्रसाद खरेल, शिक्षक अभिभावक संघका अध्यक्ष यामप्रसाद भट्टराई, अभिभावक पदमप्रसाद बास्कोटा, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    विद्यालयको इतिहासमा पहिलोचोटि ४ जीपीए प्राप्त गर्ने विद्यार्थी विद्या दाहाललगायत चेतन गौतमले विद्यार्थीहरूको तर्फबाट आफ्ना अनुभवहरू राखेका थिए ।

    विद्यालयले ७१ प्रतिशत परिणाम प्राप्त गरेको छ । ११ जना विद्यार्थीहरूले ३.६ जीपीए बढी अङ्क प्राप्त गर्न सफल भएका छन् भने जम्मा १०७ जना विद्यार्थीहरु कक्षा ११ वा माथिल्ला विभिन्न विषय र संकायमा पढ्नको लागि योग्य बनेका छन् । ४३ जना विद्यार्थीहरू श्रावण अन्तिम सातादेखि सुरु हुने ग्रेडवृद्धि परीक्षामा सामेल हुने प्रधानाध्यापक खरेलले जानकारी दिएका छन् ।

    विद्यालयका सहायक प्रधानाध्यापक केशव प्रसाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका अर्का सहायक प्रधानाध्यापक एवं जीव विज्ञान विषय शिक्षक तुलसीराम खरेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.