प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ यही १५ असार भित्रै पास गर्ने तयारी गरेको छ ।
उक्त समितिले दलहरू शिक्षा विधेयकमा सहमति नजिक पुगेको जनाएको हो ।
समितिका अनुसार सबै सहमति जुटेको खण्डमा असार १५ सम्ममा शिक्षा विधेयक समितिबाट पास हुने छ ।
Advertisement
सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते असार १५ गतेभित्र शिक्षा विधेयक जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएपछि शिक्षकहरू २९ दिनसम्म चलेको आन्दोलन छाडेर घर फर्किएका थिए । त्यसैले पनि असार १५ भित्र जारी गर्नुपर्ने दबाब सरकार र समितिलाई छ ।







