फाल्गुन ६, बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको आगामी फागुन १६ गते हुने निर्वाचनमा संयुक्त व्यावसायि प्यानल तर्फका उम्मेद्बारहरुलाई अत्यधिक मतले बिजयी गराउन नेकपा बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईले आग्रह गर्नु भएको छ।लामो समय देखि नेपाली काङ्ग्रेस निकट उम्मेद्बारले नेतृत्व गर्दै आएको बिर्तामोड उद्योग बाणिज्य संघले व्यावसायिको पक्षमा सम्बोधन नगरेको र एकछत्र रुपमा व्यावसायिको भन्दा पनि पार्टीको अखडा बनेकोले बर्सौ देखिको बिरासत भत्काएर व्यावसायिको संस्था निर्माण गर्न सबै एकहुनु पर्ने बताउनु भयो।
नेकपा भित्र केही समस्या देखिए पनि झापामा जनता र व्यावसायिको लागि एकता बद्द भएर चुनावी अभियानमा सहभागी हुन आम नेता कार्यकर्ता लाई आग्रह गर्नु भएको छ। साथै उहाँले नेताकार्यकर्ता सिद्धान्त र बिचारलाई आत्मसात गर्दै समृद्धिको पक्षमा एकता बद्दभएर निर्वाचनको प्रचारप्रसारमा लाग्न आग्रह गर्नु भयो।नेकपा र राप्रपा सहितको गठबन्धनले बाणिज्य संघको निर्वाचनमा एक भए पछि आम कार्यकर्ता उत्साहित भएका छन् ।
संयुक्त व्यावसायिक प्यानललाई बिजयी गराउन प्रसाईंको आग्रह
संयुक्त व्यावसायिक प्यानललाई बिजयी गराउन प्रसाईंको आग्रह
Advertisement
तपाईको प्रतिक्रिया







