• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अध्यागमन विभागको स्पष्टिकरणः महिलालाई विदेश जान वडाको सिफारिस चाहिने निर्णय भइसकेको छैन 


  •    संवाददाता/ बिहिबार, माघ २९, २०७७  

  • माघ २९ । काठमान्डौँ । महिलाहरुलाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको अध्यागमन विभागले जनाएको  छ । यो विषय अनौपचारिक छलफलमा रहेको विभागको प्रष्टिकरण छ  । बिहीबार प्रेस विज्ञप्तीमार्फत अध्यागम विभागले जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारी समेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानवीन कार्यदलका सुझावका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको विभागले जनाएको छ ।

     

    Advertisement

    विभागले कार्यविधि संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ । जसमा खाडी तथा अफ्रिकी देश जाँदा महिलाहरुको हकमा परिवारको सहमति वा वडाको सिफारिस चाहिने प्रावधान राखिएको छ । मन्त्रीस्तरबाट निर्णय भएपछि सो कार्यविधि कार्यान्वयन हुनेछ । भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै विभागले यस्तो प्रावधानको प्रस्ताव गरेको हो । जसको चर्को आलोचना भएको छ ।

    Advertisement

    भिजिट भिसामा मानव तस्करी भइरहेको भन्ने उजुरीका आधारमा मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वको कार्यदल गठन गरेको थियो । सो कार्यदलले महिलाको हकमा परिवारको सहमति र स्थानीय तहको सिफारिस तथा १५ लाखको बीमा अनिवार्य गर्न सुझाव दिएको थियो । सोही आधारमा विभागले कार्यविधि संशोधन गर्न लागेको हो । यसको आलोचना भएपछि मन्त्रालयले यसलाई फेरि संशोधन गर्न लागेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.