• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण छैन’-व्यवसायीहरू


  •    संवाददाता/ सोमबार, माघ २६, २०७७  

  • झापा । कोरोना भाइरसको महामारीसँगै देशको निरन्तर राजनीतिक अस्थिरता कारण औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण नभएको व्यवसायीहरूले गुनासो पोखेका छन् ।

    झापाको हल्दीबारी गाउँपालिका २ स्थित भेलागढी सिमसार क्षेत्रमा सोमबार आयोजित झापा उद्योग सङ्घ भद्रपुरको २६ औँ साधारणसभा तथा वनभोज कार्यक्रममा बोल्दै व्यवयासीहरुले औद्योगिक क्षेत्रको रुपमा परिचित झापा जिल्लामा उद्योग तथा कलकारखानामा लगानी गर्ने वातावरण नभएको र खोलिएका उद्योगहरू पनि बन्द गर्नुपर्ने अवस्थामा पुगी सकेको बताएका छन् ।

    Advertisement

    कुनै समयमा भद्रपुरमा जिल्लाकै ठुला उद्योगधन्दाहरू सञ्चालनमा रहेको इतिहास थियो । हजारौँले रोजगारी पाउँथे । तर, अहिले ती उद्योगहरू बन्द भइसकेको झापा उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले बताए । एसियाकै दोस्रो ठुलो मोमेन्टो एपरेल्स (गार्मेन्ट उद्योग) समेत बन्द हुँदा हजारौँ कामदारले रोजगारी गुमाएको उनको भनाई छ ।

    Advertisement

    नेपालमा राजनीतिक अस्थिरताका कारण उद्योगी व्यवसायीले खुलेर व्यवसाय गर्न नपाएको झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले गुनासो पोखेका छन् ।

    कोरोनाको महामारी र हाल देशमा देखिएको राजनीतिक खिचातानीले व्यापार व्यवसाय धराशायी बनेको उनले बताए ।

    सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई राज्यले महत्त्वपूर्ण ढङ्गले अगाडी नउठाईकन, उद्योगी व्यवसायीको हक अधिकारसँगै लगानी गर्ने वातावरण नबनाएसम्म देशको अर्थतन्त्र अगाडि बढ्न नसक्नेमा धारणा राखेका छन् ।

    कार्यक्रममा भद्रपुर नगरका मेयर जीवनकुमार श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, उद्योगी भीम पौडेल, राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका गणेश पोखरेल लगायतले देखिएका निजी क्षेत्रमा देखिएका समस्याका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

    अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए । कार्यक्रममा छिमेकी जिल्लाहरूका उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो । सङ्घमा हालसम्म जिल्लाभरिका  ९० वटा उद्योगहरू आबद्ध रहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.