• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल अधिकार र संरक्षणमा स्थानीय सरकार संवेदनशील हुनुपर्ने


  •    संवाददाता/ बिहिबार, माघ २२, २०७७  

  • बिर्तामोड, माघ २२ ।
    बाल अधिकारको सुनिश्चितता र बाल संरक्षणमा स्थानीय सरकार सचेत र संवेदनशील हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको सुनिश्चितता गरेर हरेक स्थानीय सरकारले बालमैत्री वातावरण तयार गर्नुपर्नेमा उनीहरुको जोड थियो । बिहीबार बिर्तामोडमा ‘स्थानीय तहमा बाल अधिकार एवम् बाल विकासका सन्दर्भमा स्थानीय सरकारको भूमिका’ विषयमा भएको छलफलमा त्यस्तो बताइएको हो ।

    छलफलको सहजीकरण गर्दै दुई दशकदेखि बाल अधिकारका क्षेत्रमा क्रियाशील नेतृ किडपावर नेपालकी अध्यक्ष सुष्मा पोखरेलले हरेक बालबालिका सुरक्षित वातावरणमा हुर्किन र उनीहरुको विकास हुन पाउनुपर्ने बताइन् । बाल अधिकार र उनीहरुको सुरक्षाका लागि स्थानीय सरकारको भूमिका महत्वपूणर् हुने बताउँदै पोखरेलले सबै बालबालिकामा बाल अधिकार सुनिश्चितताको प्रत्याभूति गराउनुपर्ने उल्लेख गरिन् । उनले बालबालिकालाई सुरक्षा सम्बन्धी विभिन्न सिप पनि सिकाएकी थिइन् ।
    भद्रपुर, बिर्तामोड र कनकाई नगरपालिका तथा हल्दिबारी र कमल गाउँपालिकाबाट प्रतिनिधित्व गरी आएका बालबालिकाका नेताले बाल अधिकारबारे अझै पनि बालबालिका प्रष्ट हुन नसकेकाले यसबारे अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनीहरुले बालश्रम, बाल विवाह, बालबालिका माथि हुने सबैखाले हिंसा अपराध भएकाले त्यस्ता अपराध निर्मूल गर्न स्थानीय सरकारसहित सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

    Advertisement

    बालबालिका भविष्यका कणर्धार मात्र नभएर वर्तमानका साझेदार समेत भएका नाताले उनीहरुको बचाउ, संरक्षण, विकास र सहभागिता महत्वपूणर् हुने सुझाइएको छ । बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेलले छलफलमा सह-सहजकर्ताको भूमिका निर्वाह गर्दै बाल अधिकारको सुनिश्चितताका लागि बालमैत्री वातावरण तयार गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
    सञ्चारकर्मी तथा मञ्चका सदस्यहरु उमानाथ भण्डारी, सृजन घिमिरे, नेत्रविक्रम विमलीले बालबालिकालाई अवसर दिएर सक्षम बनाउनुका साथै बालक्लवको सक्रियता र सुदृढीकरणमा जोड दिए । विभिन्न बालक्लव तथा सञ्जालको प्रतिनिधित्व गर्दै कनकाईका खेमराज चापागाई, भद्रपुरकी भावना पोखरेल, हल्दिबारीका राज अधिकारी, ग्लोरी बालक्लवकी रक्षा बजगाई, कमलकी प्रितिका सुवेदी, वीर अमरसिंह माविका नयन सिटौला, उज्यालो इडन बालक्लवकी रत्ना राजवंशी लगायतले आफ्नो क्षेत्रमा बाल अधिकारका विषयमा भएका कामको अनुभव आदान-प्रदान गरेका थिए । संवाद समूहले संयोजन गरेको छलफलको औचित्यमाथि अधिवक्ता खगेन्द्र खरेलले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.