झापा । लत्ताकपडा खरीद गर्न नसक्ने बिपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले बिर्तामोडमा ‘कपडा बैंक’ स्थापना गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ ।
सधै सामाजिक सोच राखेर समाजका लागी केहि गरौ भन्ने उदेस्य बोकेका युवाहरुको सकृयतामा ‘कपडा बैंक’ सञ्चालनमा आएको हो । विर्तामोड नगरपालिका स्थित सैनिकमोडमा सन्चालनमा आयको बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई राहत पुग्ने सम्योजक गुन्जन प्रसैइले जानकारी दिनुभयो।
सामाजिक सेवामा क्रियाशील एम के के ग्रुप, अनारमी युथ क्लब ,दारी ग्याङ झापा तथा रोट्रयाक्ट बिर्तामोड लगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । आज बाट एक सातासम्म कपडा बैंक सन्चालन हुने सहसम्योजक आकाश उप्रेतिले जानकारी दिनुभएको छ।








