झापाको बिर्तामोड नगरपालिका वडा नं १ मा वडास्तरिय बाल संजाल गठन तथा लागु पदार्थ दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष अग्नि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका सामाजिक विकास शाखा प्रमुख यमुना आचार्य रहेकी थिइन् ।
वडा सचीव जानुका बस्नेतले स्वागत गरेको कार्यक्रममा क्लव गठनको सहजीकरण बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।
उक्त अवसरमा न्युसन थापाको अध्यक्षतामा ११ सदस्यीय आदर्श बाल संजाल गठन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा आर्या पाण्डे र सुलभ कार्की, सचिवमा विवेक राजवंशी, सहसचिव खुसी न्यौपाने र कोषाध्यक्षमा अमुल्य कार्की चयन भएका छन् ।
वडाध्यक्ष पाण्डेले बालबालिकाको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त प्रभावकारी रहेको बताउँदै आगामी दिनमा थप सचेतनामूलक कार्यक्रमहरू गर्ने योजना रहेको जानकारी दिए ।
संजालले वडा क्षेत्रमा रहेका बालबालिकाका हक अधिकार संरक्षण तथा उनीहरूको नेतृत्व विकासमा सक्रिय भूमिका खेल्ने बताइएको छ ।
सोही अवसरमा लागु पदार्थ दुव्र्यसन सम्बन्धी सचेतना कार्य कार्यक्रम पनि गरिएको थियो । बालबालिकाहरूलाई लागु पदार्थको जोखिमबाट जोगाउन परिवार, विद्यालय र समाजको संयुक्त प्रयास आवश्यक रहेको कार्यक्रमको आशय रहेको थियो । सचेतना कार्यक्रम सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।







