डाइनामिक पब्लिक लाईब्रेरी(डिपिएल) को बैगुनधुरा शाखा स्थापना भएको छ । “पठन सस्कृतिको बिकास संगै सकारात्मक सोच सहितको सु-सस्कृत युवा नेतृत्व ” भन्ने मुल उद्देश्यका साथ स्थापना भएको डिपिएलको दमकमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट डिपिएल नेपाल बैगुन्धुरा शाखा स्थापना भएको हो । सरोज गुरागाई को अध्यक्षतामा “डिपिएल बर्ष २०२१” को २५ सदस्यीय डिपिएल युथ टिम गठन भएको गरिएको हो ।

शाखाको उपाध्यक्षमा मोहन गिरी, महासचिव दिपेन्द्र खतिवडा, कानुनि सल्लाहकार बिक्रम बस्नेत, कोषाध्यक्ष मोनिका निरौला, सचिब निर्देश पोखरेल चयन भएका छन । त्यस्तै टिम कोअर्डिनेटरमा मनोज पराजुली, कार्यक्रम कोअर्डिनेटर सरोज कोइराला ,तालिम कोअर्डिनेटर सुबास दाहाल, सूचना कोअर्डिनेटर सृजन घिमिरे रहेका छन । सदस्यहरुमा बालकृष्ण पराजुली, सुमित खतिवडा , रेनुका भट्टराई, निर्जला खड्का, सन्जिब प्रधान, होमनाथ श्रेष्ठ, रिवाज बस्नेत, गोबिन्द निरौला, बिबेक ढकाल, दिपराज कोइराला, सुस्मिता बस्नेत, रोजिना उप्रेती, सोनम अधिकारी, प्रमिला बुढाथोकी रहेको शाखाका अध्यक्ष सरोज गुरागाईले जानकारी दिए ।
सस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाले उद्घाटन गरेको कार्यक्रममा बैगुनधुरा शाखालाई सम्बन्धन पत्र डिपिएल नेपालका अध्यक्ष बिनोद उप्रेतीले प्रदान गरेका थिए ।







